सिन्धुलीमा बिल बिजक नभएको सामान बरामद

RadioSiddhababa

सिन्धुली, चैत १४, २०८१ बिहिबार ।


सिन्धुलीमा बिल बिजक नभएको सामान बरामद गरिएको छ । बुधबार राती सावारी साधन चेकजाँच गर्ने क्रममा विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ४ हिरापानी चेकपोष्ट बाट बिल बिजक नभएको सामान बरामद गरिएको हो । 


बिराटनगर बाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १–०१–००१ च ८६३९ नं. पिकअप बोलेरो चेकजाँच गर्दा कुरीयरको सामान भित्र लुकाई छिपाई ल्याएको बिल बिजक नभएको बिभिन्न नक्कली गरगहना, माला लकेट, माला दाना, बिभिन्न मोटर पार्टसका सामानहरु, तयारी तथा थानका कपडाहरु र सवारी साधन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।


नियन्त्रणमा लिएको सामानको मुल्य १९ लाख ३३ हजार ५ सय रहेको छ । प्रहरीले नियन्त्रणमा लिएको सामान सहित गाडी र चालकलाई आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

सिन्धुली, बैशाख २४, २०८२ बुधबार ।  सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते