कुशेश्वर मन्दिर परिसरमा रहेको गुरुकुलका बटुकहरुलाई भगवती मा.वि. द्धारा खाद्यान्न सहयोग 

RadioSiddhababa

सिन्धुली, कात्तिक ११, २०८१ आइतबार ।


सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका बटुकहरुका लागि भगवती मा.वि. ले खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । गुरुकुलमा रहेका बटुकहरुलाई खाद्यान्न तथा स्टेशनरीकोे अभाव भएको खबर आएपछि सिन्धुली माढीबजारमा रहेको भगवती मा.वि. ले सहयोग गरेको हो । 


गएको असोज १०, ११ र १२ गते आएको अविरल बर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीका कारण गुरुकुलमा रहेका प्राचार्य सहित बटुकहरु बिचमा फसेपछि हेलिकप्टर बाट उद्धार गरिएको थियो । बाढीका कारण कुशेश्वर महादेव मन्दिर र बिद्यालयमा समेत क्षती गरेको छ । 


गुरुकुलमा रहेका वटुकहरुलाइ ३० बोरा चामल सहित तीनलाख बराबरको एकएक थान सबै सामान सहयोग गरेको भगवती मा.वि. का प्रिन्सिपल कृष्णकुमार उप्रेतीले जानकारी दिनुभयो । दान सहयोग बाट आधारभुत तह कक्षा ८ सम्म चलेको विद्यालयमा आएको सहयोगले विपत्ती बाट जोगिएका वटुकहरुलाइ ठुलो राहत भएको प्राचार्य नारायण घिमिरेले बताउनुभयो । सिन्धुली, काभ्रे, रामेछाप, महोत्तरी, दाङ जिल्लाका वटुकहरु गुरुकुलमा रहेर अध्ययनरत छन् ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा अपाङ्गता मैत्री अधिकार र पुर्वाधार अझै पुरा हुन नसकेकोमा चिन्ता व्यक्त

सिन्धुली, मंसिर १८ २०८१ मङ्गलबार । सिन्धुलीमा अझै पनि अपाङ्गता मैत्री अधिकार र पुर्वाधार पुरा हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

RadioSiddhababa

कपिलाकोट माध्यमिक विद्यालय छाप महेश्वतामा ३ दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न 

सिन्धुली, मंसिर १८, २०८१ मंगलबार । सिन्धुलीको मरिण गाउँपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय छाप महेश्वतामा प्राथना व्यवस्थापन, असल विद्यार्थी

RadioSiddhababa

कमलामाई नगरपालिका १४ मा लैङ्गिक हिंसा विरुद्ध उपमेयर कार्यक्रम सम्पन्न

सिन्धुली, मंसिर १७, २०८१ सोमबार ।   लैङ्गिक हिंसा विरुद्ध उपमेयर अभियान कार्यक्रम कमलामाई नगरपालिका वडा नं. १४ सम्पन्न भएको छ । लैङ्गिक हिंसा