सिन्धुलीमा ३९० घण्टा निःशुल्क ब्युटिसियन  तालिम आज देखि सुरु 

RadioSiddhababa

सिन्धुलीमा आज देखि निःशुल्क ब्युटिसियन तह २ र टेलरिङ तह १ को  तालिम सञ्चालन भएको छ । जिल्ला युवा समिति  सिन्धुलीको आयोजना तथा वर्ड लिङ्क टेक्निकल इन्स्टिच्युट पा.लि काठमाडौँ र युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि काठमाडौँ सहयोगमा तालिम सञ्चालन भएको हो । ३९० घण्टा सञ्चालन हुने तालिमको आज सिन्धुलीको कमलामाई नगरपालिका ६ सिता राम पाटि प्यालेसमा  उद्घाटन गरिएको छ । 

ब्युटिसियन तह २ मा २० र टेलरिङ तह १ मा २० गरी ४० जना महिलाहरूको सहभागिता  रहने तालिममा महिलाहरूलाई सिप सिकाउने र आत्मा निर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको आयोजकले बताएको छ । उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेश सांसद सुस्पा भुजेलले तालीममा सहभागी महिलाहरूलाई जुन उद्देश्यले तालीममा आएको हो त्यो उदेश्य प्राप्त गर्नुको लागी सहभागी स्वयम जिम्मेवारी र जबाफदेही हुनुपर्ने बताउनु भयो । 

उहाँले  तालीम राम्रो सँग सिक्न र सिकेको कुरा व्यवहारमा लागु गर्न सहभागी महिलाहरूलाई आग्रह गर्नु भएको छ । तालीमले मानिसलाई दक्ष बनाउने हुँदा राम्रो सँग सिक्न आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै कमलामाई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष उज्ज्वल थापाले सिकेको सिप व्यवहारमा प्रयोग गर्न र आत्मा निर्भर हुन आग्रह गर्नु भएको छ । उहाँले तालीममा सहभागी महिलाहरूलाई आर्थिक रूपमा सक्षम हुनको लागी पनि तालीमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । 

कार्यक्रमको बाग्मती प्रदेश सांसद सुस्पा भुजेल, कमलामाई नगरपालिका सचिव चन्द्र नाथ गौतम, कमलामाई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष उज्ज्वल थापा, पत्रकार लगायतकोे उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान

सिन्धुली, जेठ ६, २०८१ आइतबार ।   सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह

RadioSiddhababa

सुनकोशी गाउँपालिका कृषकहरुलाइ स्प्रेयर ट्याङ्की वितरण

  सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलिको सुनकोशी गाउँपालिकामा कृषकहरुलाई अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गरिएको छ । सुनकोशी गाउँपालिका कृषि

RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १