सिन्धुलीको कमलामाई नगरपालिका ८ मा आगलागि हुँदाँ तिनवटा घरमा क्षती

RadioSiddhababa

 

सिन्धुली, चैत २९, २०८० बिहिबार ।


सिन्धुलीको कमलामाई नगरपालिका ८ मा आगलागि हुँदाँ तिनवटा घरमा क्षती पुगेको छ । कमलामाई नगरपालिका ८ करकरे निवासी ख कुमारी आलेको घरमा अचानक आगलागि हुँदा ख कुमारी आलेको घर सहित अन्य २ वटा घरमा क्षती पुगेको हो । बुधबार राती १०ः३० बजेको समयमा ख कुमारी आलेको घर बाट सुरु भएको आगो स्थानीय उदय बहादुर आले, बल बहादुर नेपालीको घरमा क्षती पुगेको कमलामाई नगरपालिका ८ का वडा अध्यक्ष कोमल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।  आगलागि बाट ३६ लाख ७५ हजार बराबारको क्षती भएको छ ।


आगलागि बाट ख कुमारी आलेको ब्लक काठ र टिनले छाएको दुईतले घर र काठ र टिनले छाएको २ तले भान्सा घर संगै घरमा पार्कीङ गरिराखीएको पल्सर मोटरसाइकल, घरभित्र रहेको ३ तोला सुन, एक लाख नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन र १५ वटा कुखुरा समेत जलेर नष्ट हुँदा ३५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 


त्यस्तै आगलागि बाट उदय बहादुर आलेको एक तले पक्की घरको दुईवटा झ्यालमा क्षती हुँदा २५ हजार बराबरको क्षती भएको र बल बहादुर नेपालीको ब्लक काठ र टायलको छानो भएको दुईतले घरको आधी भाग जल्दा १ लाख ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 


राती १०ः३० बजे देखि लागेको आगो राती १ः३० बजे जनप्रतिनिधी, स्थानीय र कमलामाई नगरपालिका र दुधौली नगरपालिकाको दमकलको सहयोगमा निभाइएको कमलामाई नगरपालिका ८ का वडा अध्यक्ष कोमल कुमार श्रेष्ठले बताउनुभयो । 


यसैबिच दुधौली नगरपालिका १४ गजलडाँडामा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको छ । स्थानीय मोहन बहादुर बल तामाङको जस्ताले छाएको काठले बनेको २ तले २ वटा घर र खरले छाएको काठले बनेको एउटा गोठमा अचानक बिद्युत सर्ट भई आगलागि हुँदा २० लाख बराबरको क्षती भएको हो । 


आगलागि बाट २ लाख ९ हजार नगद, अन्न, लत्ताकपडा, ३ थान मोवाइल, दुइवटा सोलार र १० क्वीन्टल अदुवा सहित घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग

RadioSiddhababa

जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल

सिन्धुली, बैशाख १६, २०८१ आइतबार । सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा

RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.