सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

RadioSiddhababa

सिन्धुली, फागुन १२, २०८० शनिबार ।


सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको सभापतित्व तथा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यतामा कतारको प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा ११ औं अधिवेशन भब्य रुपमा सम्पन्न भएको हो ।


अधिवेसन बाट कृष्ण बर्माको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ । कार्यसमितिको अध्यक्षमा कृष्ण वर्मा, प्रथम उपाध्यक्षमा नीर बहादुर सुनुवार, द्वितीय उपाध्यक्षमा दिर्घ माझी, महासचिवमा सबिता गोले, सचिवमा बिनोद राना मगर, सहसचिवमा गंगा बहादुर सुनुवार, कोषाध्यक्षमा दो ठकुरी, सह कोषाध्यक्षमादिल बहादुर बिक लगायत अन्य सदस्यमा चयन हुनुभएको छ । 


कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले कतारमा नेपाली समुदायले प्रत्येक हप्ता ६–७ वटा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर ठुलो मात्रामा आर्थिक खर्च गरिरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै थोरै भए पनि खर्च न्यूनीकरण गर्न एनसीसीले कतार च्यारिटी सङ्ग समन्वय गरि महिनामा केहि हलहरु फ्रीमा उपलब्ध गराउदै आइरहेको जानकारी गराउदै त्यस विषयमा अझै थप पहल भइरहेको बताउनुभएको छ । भट्टले कतारमा समस्यामा परेका हरेक नेपालीहरुको निमित्त पनि एनसीसीले विभिन्न निकायहरुसङ्ग समन्वय गरि समस्या समाधान गर्ने कामहरु निरन्तर गैरहेको बताउनुभयो । 


कार्यक्रममा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनले कतार जस्तो केही नभएको देखको बिकास क्रमलाई देख्दा आफ्नो देश सबै चिज हुँदा पनि बिकासको कामले गति लिन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । दाहालले नेपालमा पर्याप्त आधारहरु भएर पनि ब्यवस्थापन राम्रो नभएकाले देश पछाडि परेको भन्दै अब त्यस किसिमको ब्यवस्था परिवर्तन गर्दै बिकासको गतिलाई तिब्र बनाउन सरकार लागि रहेको र केही कामहरुको राम्रो रिजल्ट पनि आइसकेको बताउनुभयो ।

 

नेपाल सरकार अहिले बिशेषतः उर्जा, वन, कृष्ण र पर्यटनलाई केन्द्र बनाई आफै आत्मानिर्भर बन्ने तर्फ काम गरिरहेको उहाँको भनाई छ । कतारमा रहेका श्रमिकहरुको हक हितको बिषयमा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिदै यो बिषयमा कतार सङ्ग निकट भएर लिखित सम्झौता गर्ने गरि छलफल भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले

RadioSiddhababa

सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन फेब्रुअरी २३ मा हुने

  सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन आगामी फेब्रुअरी २३ मा हुने भएको छ । कतारमा रहेका सिन्धुलीवासी हरूलाई एकताबद्व गर्ने संस्था सिन्धुली