उद्योग वाणिज्य संघ सिन्धुलीले पूर्व कार्यसमितिलाई धन्यवाद संगै नयाँ बर्षको शुभकामना आदान प्रदान

RadioSiddhababa

  • सिन्धुली, बैशाख ११, २०८१ बिहिबार ।

  •  

     

    उद्योग वाणिज्य संघ सिन्धुलीले पूर्व कार्यसमितिलाई धन्यवाद संगै नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

  • गएको चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं. उद्योग वाणिज्य दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वमा उत्कृष्ट योगदान गरेबापद उद्योग वाणिज्य संघ सिन्धुलीलाई प्रधान मन्त्री केपि शर्मा ओली द्धारा सम्मानित गरिएको थियो । यस अघिको कार्यसमितिहरुको उत्कृष्ट योगदानको कारण सम्मान प्राप्त भएकाले धन्यवाद ब्यक्त कार्यक्रम गरिएको हो ।


  • उद्योग वाणिज्य संघ सिन्धुली स्थापना देखि हाल सम्म संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहयोग गर्ने तथा योगदान पुर्याउने ब्यक्तित्वहरुले गर्दा यो सम्मान प्राप्त गरिएको अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । यो सम्मान प्राप्त गर्नुभनेको सबैले संस्थाप्रति गरेको योगदानको मुल्यांकन भएको उहाँले बताउनुभयो ।


  • रक्तदान, विपदमा राहत वितरण, जिल्लाको लागि दमकल खरिद लगायत बिभिन्न सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गरिएकाले यो सम्मान सिन्धुली जिल्लाले पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । साथै आगामी दिनमा उद्योगी ब्यापारी सहित समग्र जिल्ला बासीको हितका लागि बिभिन्न सामाजिक काममा लाग्ने बताउदै यस्ता काममा सबैको साथको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
     

प्रतिकृया दिनुहोस
RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

RadioSiddhababa

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।