हरिहरपुरगढी गाउँपालिका ७ मा सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिमको उद्घाटन

RadioSiddhababa

सिन्धुली, बैशाख ११, २०८१ बिहिबार ।

 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिमको उद्घाटन गरिएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिमको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले उद्धघाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय र हरिहरपुरगढी गाउँपालिकाको साझेदारीमा गृहिणी महिलाहरु लक्षित गरेर २ महिने तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । 

 

तालिम उद्धघाटनको अवसरमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तालिम बाट घरमै चुलोचौका, पानीपधेँरो, घाँसदाउरामै सिमित भएका गृहिणी महिलाहरुको लागि सिप सिकेर आत्मनिर्भर भई आय आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 


सधैँ श्रीमान अथवा परिवारमै निर्भर रहँदा महिला हिंसाको घटना घट्ने गरेको बताउनुहुँदै उहाँले महिलाहरुको माग अनुरुपको तालिम दिनको लागि गाउँपालिका तयार रहेको बताउनुभयो । क्रियाशिल भएर सिप सिक्नको लागि उहाँले आग्रह समेत गर्नुभएको छ । 


तालिममा वडा नं. ७ का २२ जना गृहिणी महिलाहरुको सहभागिता रहनेछ । गाउँपालिकाले तालिमको लागि १० वटा सिलाई वुनाईको मेसिन उपलब्ध गराएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

RadioSiddhababa

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।