नेविसंघको ५६ औं स्थापना दिवसमा बृक्षारोपण

सिन्धुली, बैशाख ६, २०८१ शनिबार ।
नेपाल बिद्यार्थी संघ (नेविसंघ) को ५६ औं स्थापना दिवस मनाइएको छ । २०२७ साल वैशाख ६ गते स्थापना भएको नेविसंघको ५६ औं स्थापना दिवस मनाइएको हो । दिवसको अवसरमा सिन्धुलीमा बृक्षारोपण गरिएको छ । नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा सिद्धज्योती शिक्षा क्याम्पस प्रांगणमा बृक्षारोपण गरिएको हो ।
केन्द्रिय कार्यसमितिको एक रन एक बोट कार्यक्रम अन्तर्गत बिद्यार्थीको हक अधिकार सुनिश्चित गर्नको लागि बृक्षारोपण गरिएको नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले जानकारी दिनुभयो । क्याम्पस प्रांगणमा २५ वटा विरुवा रोपिएको उहाँको भनाई छ ।
बृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका सभापति तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगर लगायत नेविसंघ तथा नेपाली कांग्रेसका नेता तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।
प्रतिकृया दिनुहोस