सुनकोशी गाउँपालिका ४ मा सामुदायिक बनमा लागेको आगो गाउँमा फैलिदा लाखौको क्षती

RadioSiddhababa

 

सिन्धुली, बैशाख १०, २०८१ सोमबार ।


सिन्धुलीको सुनकोशी गाउँपालिका ४ मा सामुदायिक बनमा लागेको आगो गाउँमा फैलिदा स्थानीयको पशुचौपाय तथा धनमाल जलेर नष्ट भएको छ । आइतबार सुनकोशी गाउँपालिका ४ स्थित फलासेघाँरी सामुदायिक वनमा लागेको आगो जैसीथुम्का कोटगाउँमा फैलदा स्थानीयको पशु चौपाय तथा धनमाल जलेर नष्ट भएको हो । 


आगलागी बाट स्थानीय रामप्यारी श्रेष्ठको ढुंगा माटोले बनेको जस्ताले छाएको घर जलेर नष्ट भएको र घर भित्र रहेको टिनको बाकस भित्र राखीएको नगद ४ लाख सहित काठले बनेको खरले छाएको गोठ पूर्ण रुपले जल्दा ९ लाख बरारको क्षती भएको वडा नं. ४ का वडा अध्यक्ष यम बहादुर जर्गा मगरले जानकारी दिनुभयो  । 


आगलागी बाट ईन्द्र कुमार श्रेष्ठको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको २ वटा घर काठले बनेको खरले छाएको गोठ पूर्ण रुपमा जल्दा ६ लाख ५० हजार बराबरको क्षती भएको छ । त्यस्तै भक्त बहादुर श्रेष्ठको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घर काठले बनेको खरले छाएको गाईगोठ पूर्ण रुपले जल्दा ४ लाख ५० हजार बराबरको क्षती भएको छ । 


स्थानीय कमला पुर्कोटीको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घरमा आशिंक क्षती भएको र घर छेउमा जस्तापाताले छाएको छाप्रोमा लैनो भैसी र पाडो जल्दा पाडो भैसी घाइते भएको र पाडो मरेको छ । साथै सोहि स्थानमा बाधीएको उन्नत जातको बोका जलेर मर्दा ४ लाख ७५ हजार बराबरको क्षती भएको छ । 


त्यस्तै लाल बहादुर पुर्कोटीको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घरभित्र रहेको अन्नबाली, लत्ताकपडा, भाडावर्तन आशिंक रुपमा जलेको र घर छेउमा जस्ताले छाएको छाप्रोमा बाँधी राखीएको एउटा ब्याउने भैसी जलेर मर्दा ४ लाख बराबरको क्षती भएको छ । 


सामुदायिक वनबाट सल्कीएको आगलागीका कारण गाउँमा ठूलो क्षती भएको र सबैको सहयोगमा आगो नियन्त्रण लिइएकाले थप क्षती हुन बाट जोगीएको वडा अध्यक्ष मगरले बताउनुभयो । आगलागी पिडीतहरुलाई राहतको लागि पहल भइरहेको समेत उहाँको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग