नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

RadioSiddhababa

 

सिन्धुली, बैशाख ६, २०८१ बिहिबार ।


नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना भएको ५५ वर्ष पुरा भएको अवसरमा सिन्धुलीमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको हो ।  


दिवसको अवसरमा नेविसंघ जिल्ला कार्य समिति सिन्धुलीले कमलामाई नगरपालिका–६ जसेदमारमा रहेको नवज्योती बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरसफाईका सामाग्रीहरु वितरण गरेको छ । विद्यार्थीहरुको व्यक्तिगत सरसफाईका लागि दाँत माझ्ने ब्रस, मंञ्जन र साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको नेविसंघ सिन्धुलीका सभापति भरत विकले जानकारी दिनुभयो ।


त्यस्तै नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस ढुंग्रेबासले स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस इकाईका सभापति राजीब थापाको अध्यक्षता तथा नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी मुकेश घिमिरेको प्रमुख आतिथ्यतामा क्याम्पस गेट अगाडी दिप प्रज्वलन गरिएको हो ।

 
त्यस्तै सिन्धुलीका ९ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको निर्णय अनुसार जिल्लाका सबै पालिकामा ज्ञापनपत्र बुझाइएको हो । उक्त ज्ञापनपत्रमा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न १७ बुद्धे माग समेटिएका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग

RadioSiddhababa

जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल

सिन्धुली, बैशाख १६, २०८१ आइतबार । सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा