सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा आगलागि हुँदा एक घर जलेर नष्ट
सिन्धुली, बैशाख ५, २०८१ बुधबार ।
सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा मंगलबार आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय उत्तम माझीको घरमा बिद्युत सर्ट भई आगलागि हुँदा एकतले कच्ची घर जलेर नष्ट भएको हो । आगलागिमा परि उत्तम माझीकी ५ बर्षिय छोरी बिबिका माझी सामान्य घाइते भएकी छिन उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ ।
आगलागि बाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन सहित घर पूर्ण रुपले जल्दा १० लाख बराबरको क्षती भएको छ । मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान प्रख्यात उपाध्यक्ष बिमला माझी वडा नं. ५ का वडा अध्यक्ष दिपक माझी, स्थानीय, शिक्षक बिद्यार्थी लगायतको सहयोगमा आगो निभाइएको छ ।
अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान
सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग
जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल
सिन्धुली, बैशाख १६, २०८१ आइतबार । सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा
नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन
सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.
प्रतिकृया दिनुहोस