कमलामाई नगर स्तरिय किशोरी संजाल पुर्नगठन

RadioSiddhababa

सिन्धुली, मंसिर १९, २०८१ बुधबार ।


सिन्धुलीको कमलामाई नगर स्तरिय किशोरी संजाल पुर्नगठन गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत दशौ दिन आज किशोरी संजाल पुर्नगठन गरीएको हो । कमलामाई गनरपालिका नगर उपप्रमुख मन्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतित्यतामा एक कार्यक्रम गर्दै एन्जीला खड्काको अध्यक्षतामा १९ सदस्यीय नगरस्तरीय किशोरी संजालको पुर्नगठन गरिएको छ । संजालको उपाध्यक्ष सरस्वती श्रेष्ठ, सचिवमा सर्मिला चौलागाई, कोषाध्यक्षमा ऋसिका बुढाथोकी सह सचिब चन्द्रीका शाहा र अन्य सदस्यहरु रहेका छन् ।

 

कार्यक्रमको अबसमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले किशोरीहरु संजालमा जोडिएको बताउदै आजका किशोरीहरु भोलीका देशको कर्णधार भएको बताउनुभएको छ । आगामी दिनमा हिंसा, दुव्र्यवहार बालविवाह अन्त्य गर्ने महत्वपुर्ण भूमिका खेल्ने विश्वाश राख्नु भएको छ । किशोरीहरुलाई कार्यक्रमहरु संचालन गर्न स्थानीय सरकारले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले सम्पुर्ण किशोरीहरुलाई सकारात्मक भावनाको साथ कार्यमा अगी बड्न आग्रह पनी गुर्नभएको छ ।


लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सन्चालन गरीरहदा नगरलाई उचाईमा लानको लागि किशोर किशोरीको हक हितको लागी, नेतृत्व चयन गर्नको लागि, संजालले सहयोग पुग्ने कमलामाई गनरपालिका उपप्रमुख मन्जु देवकोटाले बताउनु भएको छ ।  त्यस्तै उहाँले किशोरीहरुको लागि मात्र नभएर समाजमा भएको हरेक प्रकारको घटनाहरु न्यूनिकरण गर्न पनी यो सञ्जालले सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ । 


त्यस्तै कमलामाई नगरपालिका महिला बालबालिका शाखा प्रमुख ईन्दिरा थापाले कमलामाई नगरपालिकाले किशोरीहरुको हक अधिकार बालबालिकाको हक अधिकारलाई निर्वाह गर्न किशोरी सञ्जालले काम गर्ने बताउनुभयो । कार्यक्रममा १४ वटै वडाको किशोरीहरुको सहभागिता रहेको थियो । हामि सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नारा सहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसा अभियान अन्तर्गत कार्यक्रम संचालन गरीएको हो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको

RadioSiddhababa

“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता

सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड