अनेमसंघ सिन्धुलीबाट आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण
सिन्धुली, मंसिर १८ २०८१ मङ्गलबार ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिल नेपाल महिला संघ सिन्धुलीले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । नेकपा एमाले निकट संघले मङ्गलबार जिल्ला, पालिका, तथा वडा स्तरका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।
महिलालाई राजनीतिक रुपले सक्षम बनाउन संघका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको संघकी अध्यक्ष पार्वती भट्टराईले बताउनुभयो । सिन्धुलीमाढीमा भएको प्रशिक्षणमा अनेमसंघका केन्द्रीय महासचिव पेम्वा लामाले प्रशिक्षण दिनुभएको थियो । उहाँले संगठनका नीति तथा कार्यक्रमका बारेमा जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा जिल्लाका ९ वटै पालिकाबाट गरी एक सय बढी महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
बीपी राजमार्ग पुनःनिर्माणको लागि स्रोत सुनिश्चित गर्दै तत्काल निर्माण थाल्न सांसद दाहालको माग
सिन्धुली, पुष २५, २०८१ बिहिबार । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको
भ्रष्टचार नियन्त्रण र सुशासनका लागि सरकारको उपस्थिती शुन्य ः सापकोटा
सिन्धुली, पुष १७ २०८१ बुधबार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले वर्तमान सरकार भ्रष्टचार नियन्त्रण र सुशासन कायम गर्न पुर्ण
काँग्रेस क्षेत्र नं. २ सिन्धुलीको क्रियाशिल सदस्यता फारम वितरण शुरु
सिन्धुली, पुष ६ २०८१, शनिबार । नेपाली काँग्रेस सिन्धुलीले क्रियाशिल सदस्यता वितरणका लागि आवश्यक प्रक्रिया शुरु गर्न थालेको छ । पार्टीको वडा स्तरका
प्रतिकृया दिनुहोस