सिन्धुलीमा अपाङ्गता मैत्री अधिकार र पुर्वाधार अझै पुरा हुन नसकेकोमा चिन्ता व्यक्त
सिन्धुली, मंसिर १८ २०८१ मङ्गलबार ।
सिन्धुलीमा अझै पनि अपाङ्गता मैत्री अधिकार र पुर्वाधार पुरा हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सिन्धुलीमाढीमा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम मनाईरहदा अपाङ्गता भएका व्यक्तीले संविधानमा उल्लेख भएको अधिकार प्राप्त गर्न अझै नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी राजनितिक दल, सरकारी, गैरसरकारी कार्यालय तथा विभिन्न संघ संस्थाका प्रतिनिधीले संविधानमा उल्लेखित अधिकारी प्राप्त गर्न सबै क्षेत्र लागि पर्नु पर्नेमा जोड दिएकाछन् ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य सुष्पा भुजेलले पनि संविधानमा उल्लेख भएका अधिकार कार्यन्वयनमा ल्याउन जनप्रतिनिधीले मात्र खबरदारी गरेर संभव नभईरहेको अवस्था रहेकाले सबै क्षेत्र एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आफुले बनाएका निति कार्यन्वयन नगर्ने भए त्यस्ता निति खारेज गर्नु पर्छ भनेर सदनबाट आवाज उठाइरहेको बताउनुभयो ।
अपाङ्ग महिला संघ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएर समाजको लागि उदारहणिय काम गर्ने महानुभावलाई, सम्मान सँगै प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्ती बाट ह्विलचियर नृत्य र अन्य स्थानिय कलाकारबाट समेत विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयको सहयोग तथा जिल्लामा अपाङ्गता भएका व्यक्तीको क्षेत्रमा क्रियाशिल भएर काम गर्ने विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा दिवस मनाउने कार्यक्रम गरिएको थियो ।
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता
सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड
प्रतिकृया दिनुहोस