कपिलाकोट माध्यमिक विद्यालय छाप महेश्वतामा ३ दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न
सिन्धुली, मंसिर १८, २०८१ मंगलबार ।
सिन्धुलीको मरिण गाउँपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय छाप महेश्वतामा प्राथना व्यवस्थापन, असल विद्यार्थी र अभिभावक सम्बन्धी ३ दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । मंसिर १६, १७ र १८ गरी ३ दिन सम्म सञ्चालित कार्यक्रमको आज एक कार्यक्रमका बिच सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतित्यतामा समापन गरीएको हो । विद्यार्थीहरुलाई पिटी व्यवस्थापन, शैक्षिक मुल्याङ्कनमा राम्रो शिक्षा दिने उदेश्यले कार्यक्रम गरीएको कपिलाकोट माध्यमिक विद्यालयको प्रधानाध्यापक अमृत सिङ घिसिङले जानकारी दिनुभयो ।
३ दिन सम्म सञ्चालित कार्यक्रको प्रशिक्षण बुटवलको हरिस वलिले गर्नु भएको थियो । प्रशिक्षक वलिले सबै बालबालिकालाई संस्कार युक्त शिक्षा दिनु धेरै महत्व रहेको र अभिभावकहरुले पनी यो कुरा बुज्नु जरुरी रहेकोे बताउनु भएको छ । समापन कार्यक्रमको अवसरमा प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले प्राथना व्यवस्थापन, असल विद्यार्थी र अभिभावक सम्बन्धी साङ्गितीक पिटी कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई महत्वपुर्ण शिक्षा दिएको बताउनु भएको छ ।
३ दिन सम्म सिकेका कुराहरु जीवनमा लागू गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । प्राथना व्यवस्थापन, असल विद्यार्थी र अभिभावक सम्बन्धी साङ्गितीक पिटी कार्यक्रममा १५ सय जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता
सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड
प्रतिकृया दिनुहोस