कमलामाई नगरपालिका १४ मा लैङ्गिक हिंसा विरुद्ध उपमेयर कार्यक्रम सम्पन्न

RadioSiddhababa

सिन्धुली, मंसिर १७, २०८१ सोमबार ।

 

लैङ्गिक हिंसा विरुद्ध उपमेयर अभियान कार्यक्रम कमलामाई नगरपालिका वडा नं. १४ सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ८ औं दिन कमलामाई नगरपालिकाले वडा नं. १३ र १४ मा लैङ्गिक हिंसा विरुद्ध उपमेयर अभियान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष केशर बहादुर कार्कीको अध्यक्षता तथा कमलामाई नगरपालिका उपप्रमुख मन्जु देबकोटाको प्रमुख आतित्थता रहेको थियो ।


कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका नगर उपप्रमुख मन्जु देबकोटाले लिङ्गको आधारमा हुने हिंसा नै लैङ्गिक हिंसा भएको हुदा कुनै पनि कारण बाट विभेद गर्न नहुने बताउदै अन्याय अत्याचारमा पर्नु हनहुने र सबै प्रकारको हिंसालाई न्यूनिकरण गर्नुपर्ने बताउनुभएको छ । प्रत्येक व्यक्तिले स्वतन्त्रताको साथ बाच्न पाउनु पर्ने उहाँको भनाई छ । उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान १६ दिन सम्म मात्रै नभएर ३६५ नै सबै सक्रिय भएर अगाडि बड्नु पर्ने बताउनुभयो ।


लैङ्गिक हिंसा गर्नु हुदैन र हिंसा न्यूनिकरण गर्नको लागी घरै बाटै लागी पर्नु र हिंसा न्यूनिकरण नर्ग सबै सचेत हुनुपर्ने १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेले बताउनुभएको छ । कार्यक्रममा लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक जुट भएर लाग्नु पर्ने १३ नम्बर वडा अध्यक्ष केसर बहादुर कार्कीले बताउनुभयो ।


हामि सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा  अत्यको लागि ऐक्यबद्धता भन्ने मुल नारा सहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संचालन हुने लैङ्गिक हिंसा अभियान अन्तर्गत कार्यक्रम संचालन गरीएको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको

RadioSiddhababa

“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता

सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड