सिन्धु बचत ऋण सहकारी संस्था को १६ औं वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सम्पन्न

RadioSiddhababa

सिन्धुली, मंसिर १४ २०८१ शुक्रबार ।


सिन्धु बचत ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  जंग बहादुर राईको अध्यक्षता तथा ज्येष्ठ नागरीक सेयर सदस्य जंग बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 


१६ आंै वार्षिक साधरण सभा तथा छैटौ अधिवेशनको अवसरमा उत्कृष्ट असल बचत कर्ता, उत्कृष्ट असल बाल बचत कर्ता, उत्कृष्ट असल ऋणी, ज्येष्ठ नागरिक र गएको बर्ष एसइइ परिक्षामा सेयर सदस्यका छोराछोरी मध्य उत्कृष्ट अंक ल्याउने बिद्यार्थी लाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट संचालक र उत्कृष्ट कर्मचारीलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । 


सिन्धु बचत ऋण सहकारी संस्थाका अध्यक्ष जंग बहादुर राईले आर्थीक वर्ष २०८०÷८१ मा भएको आर्थीक गतिविधि, संस्थाको विकास, कार्यालय व्यवस्थापन लगायतको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।  


२०६५ साल असोज १८ गते ३० जना सदस्य सहित स्थापना भएको सहकारी संस्थामा अहिले ३ हजार ३ सय ३२ जना सेयर सदस्य आवद्ध रहेका छन् । ३० हजार चुक्ता सेयर पूँजी बाट स्थापना भएको संस्थाले हाल ३४ करोड ५४ लाख १० हजार ४ सय ५४ रुपैयाँ ५२ पैसाको कारोबार गरिरहेको छ । १६ औं वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन बाट पुन जंग बहादुर बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । 


कार्यक्रममा जिल्ला सहकारी संस्थाका अध्यक्ष नबराज कोईरालाले सदस्य केन्द्रित सहितको व्यवसायिक गतिविधिहरु सन्चालन गर्दै सदस्यहरुको आर्थिक सामाजिक तथा सास्कृतिक लक्ष हासिल गर्दै सिन्धुली जिल्लाको समग्र सरकारी अभियानमा सिन्धु बचत ऋण सहकारी संस्थाको भुमिका अनुकरणीय रहेको बताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको

RadioSiddhababa

“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता

सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड