सिन्धुलीको कमलामाई ४ स्थित ठुलीचौरमा शहिद स्मृती शान्ती पार्क बनाउन प्रक्रिया शुरु
सिन्धुली, मंसिर १४ २०८१ शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ मल्लगाउँ र दोभान्टारको सिमानामा रहेको ठुलीचौरमा शहिद स्मृती शान्ती पार्क बनाउन प्रक्रिया शुरु भएको छ । शुक्रबार कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षतामा बसेको स्थानियको भेलाले उपभोक्ता समिति गठन गरे सँगै पार्क बनाउने प्रक्रिया शुरु भएको हो ।
भेलाले पार्क बनाउन रेशम बहादुर पोखरेलको अध्यक्षतामा ९ सदस्यि समिति गठन गरेको छ । समितिमा उद्धव बहादुर थापा सचिव, शोभा माझी (तिमल्सेना) कोषाध्यक्ष लगायत अन्य सदस्य रहनु भएको छ । समितिले प्राविधिक स्टमेटका आधारमा आवस्यक कामकाज शुरु गर्ने जनाएको छ ।
बागमती प्रदेश सरकारबाट बिनियोजित ५० लाख बजेट बाट शहिद स्मृती शान्ती पार्क बनाउन लागिएको कमलामाई नगरपालिका वडा नं. ४ को कार्यालयले जनाएको छ । विभिन्न कालखण्डमा ज्यान गुमाएका शहिदको स्मृतीका लागि पार्क बनाउन लागिएको कमलामाई ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो । पार्कले आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउन महत्व पुर्ण योगदान पुर्याउने अध्यक्ष ढकालको भनाई छ ।
यो सँगै कुनै समय निकै महत्व र आवश्यकताका साथ प्रयोग सँगै संरक्षण गरिदै आएका यस क्षेत्रका ३ वटा पधेराको समेत संरक्षण गरीने भएको छ । यस क्षेको गौमती नदी छेउमा रहेको पधेरो, दोभान्टार शिरमा रहेको पधेरो र गोर्खाली अर्थात कप्तान पधेरोको नामले चिनिएको पधेरोको संरक्षणका लागि २ लाख रुपैया बजेट बिनियोजन भएको वडा कार्यालयले जनाएको छ ।
स्थानिय प्राकृतिक सम्पदाहरु पधेरा, धारा, कुवा तथा मानव निर्मित पाटी, पौवा, चौतारा लगायतका संरचना मासिएको भन्दै आफुहरुले खोजी गर्न थाले पछि त्यस क्षेत्रमा आवस्यक बजेट बिनियोजन भएको स्थानियको भनाई छ ।
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता
सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड
प्रतिकृया दिनुहोस