सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने

RadioSiddhababa

सिन्धुली, कात्तिक १३, २०८१ मंगलबार ।


सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


जिल्ला प्रशासन कार्यालयले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्दै सुरक्षाका दृष्टिकोणले बिभिन्न निर्णय गरेको छ । तिहारमा खेलिने देउसी भैलो, नाचगान लगायत सांस्कृतिक कार्यक्रम गर्दा मर्यादित तरिकाले रातीको १० बजेसम्म मात्रै गर्न कार्यालयले आग्रह गरेको छ । चाडपर्वहरु खुशीयालीका साथ मनाउन आग्रह गर्दै दियो, मैनबत्ती एवम् बिद्युतीय उपकरणहरु बाल्दा सावधानी अपनाउन समेत भनिएको छ । 


त्यस्तै कानून विपरित जुवातास, लङगुरबुर्जा, खेल्ने खेलाउने, कार्य नगर्न, भुँइचम्पा, पटका, आतसबाजी, जस्ता बिस्फोटक पदार्थ ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले आग्रह गरेको छ । साथै कार्यालयले गरेको निर्णय विपरित कार्य गरेमा कानून बमोजिमको कार्वाहि गरिने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा