कुशेश्वर मन्दिर परिसरमा रहेको गुरुकुलका बटुकहरुलाई भगवती मा.वि. द्धारा खाद्यान्न सहयोग
सिन्धुली, कात्तिक ११, २०८१ आइतबार ।
सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका बटुकहरुका लागि भगवती मा.वि. ले खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । गुरुकुलमा रहेका बटुकहरुलाई खाद्यान्न तथा स्टेशनरीकोे अभाव भएको खबर आएपछि सिन्धुली माढीबजारमा रहेको भगवती मा.वि. ले सहयोग गरेको हो ।
गएको असोज १०, ११ र १२ गते आएको अविरल बर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीका कारण गुरुकुलमा रहेका प्राचार्य सहित बटुकहरु बिचमा फसेपछि हेलिकप्टर बाट उद्धार गरिएको थियो । बाढीका कारण कुशेश्वर महादेव मन्दिर र बिद्यालयमा समेत क्षती गरेको छ ।
गुरुकुलमा रहेका वटुकहरुलाइ ३० बोरा चामल सहित तीनलाख बराबरको एकएक थान सबै सामान सहयोग गरेको भगवती मा.वि. का प्रिन्सिपल कृष्णकुमार उप्रेतीले जानकारी दिनुभयो । दान सहयोग बाट आधारभुत तह कक्षा ८ सम्म चलेको विद्यालयमा आएको सहयोगले विपत्ती बाट जोगिएका वटुकहरुलाइ ठुलो राहत भएको प्राचार्य नारायण घिमिरेले बताउनुभयो । सिन्धुली, काभ्रे, रामेछाप, महोत्तरी, दाङ जिल्लाका वटुकहरु गुरुकुलमा रहेर अध्ययनरत छन् ।
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता
सिन्धुली, पुष २८, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड
प्रतिकृया दिनुहोस