रेडियो शिद्धबाबा १३ बर्ष पुरा भई १४ बर्षमा प्रवेश
सिन्धुली, असोज २५, २०८१ शुक्रबार ।
रेडियो शिद्धबाबा आज बाट १३ बर्ष पुरा भई १४ बर्षमा प्रवेश गरेको छ । २०६९ साल असोज २५ गते आफ्नो प्रशारण सुरु गरेको रेडीयो शिद्धबाबाले १३ बर्ष सफलता पुर्वक पार गरेको हो । सम्वृद्ध समाज निर्माणको अभियान भन्ने मुल नाराको साथमा प्रशारण भई रहेको रेडियो स्थापनाको १४ बर्ष पार गर्दा सिन्धुलीमा लोकप्रिय संचार माध्यमको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । जिल्लाका युवा पत्रकार हरुको अग्रसरता र जिल्लाका बिभिन्न सामाजीक ब्यक्तित्वहरुको साथ र सहयोगमा शिद्धबाबा संचार सहकारी लिमीटेड द्धारा संचालित यस रेडियोले सिन्धुली जिल्लाको सर्वोत्कृष्ट रेडियोकोे रुपमा आफ्नो पहिचान बनाएको छ ।
रेडियोले स्थानीय स्तरमा भएका बिभिन्न गतिविधीका समाचार संगै खोजमूलक, अनुसन्धानात्मक र मनोरञ्जनात्मक कार्यक्रमलाई उत्तीकै प्रथमिकतामा राखेर प्रशारण गरेकाले श्रोताको मन जित्न सफल भएको महशुस गरेको छ । रेडियोले बिभिन्न प्राकृतिक बिपदहरु बाढी, पहिरो, भुकम्प, कोरोना संक्रमण लगायतका समयमा बिभिन्न किसीमका सुचना सन्देश प्रवाह गर्दै सचेतना मुलक कार्यक्रमलाई प्रशारण गरेको छ ।
आफ्नो प्रशारणको क्षेत्र बढाउन रेडियो शिद्धबाबाले समानता र समृद्धिका लागि मन देखि मन सम्मको आवाज भन्ने नारालाई प्राथमिकतामा राखी सुनकोशी एफएम बाट पनि आफ्नो प्रशारण एक साथ गरिरहेको छ । यस्तै दुइ वटा रेडियो बाट एक साथ आफ्नो प्रसारण सुरु गरेको रेडियोले अहिले शिद्धबाबा टेलिभिजन पनि प्रसारणमा ल्याएको र बिभीन्न सामाजीक संजालमा समेत जोडीएर सुचना, समाचार र मनोजञ्जन प्रदान गर्दै आइरहेको छ ।
१४ बर्ष सम्म बिज्ञापन दाता, श्रोता, शुभेच्छुकहको साथ र सहयोग पाइरहेको यस रेडियोले आगामी दिनमा समेत उतीकै साथ र सहयोग पाउने अपेक्षा गरेको छ । रेडियो १४ बर्षमा प्रवेश गरेको अवसरमा रेडियोका प्रवन्ध निर्देशक टिका जंग थापाले रेडियोको प्रभावले रेडियोको यस गौरवमय यात्रामा साथ दिने सम्पुर्ण श्रोता, बिज्ञापन दाता र शुभेच्छुकहरुमा आभार ब्यक्त गर्नुभएको छ ।
सिन्धुलीमा धान थन्क्याउने अन्तिम समयमा फौजी किराले धान बाली नष्ट गर्दै
सिन्धुली, कात्तिक २२,बिहिबार । धान थन्क्याउने अन्तिम तयारीमा रहेका सिन्धुलीका किसानलाई फौजी किराले धानबाली नष्ट गर्दा समस्या भएकोे छ । कात्तिकको
सिन्धुली केरा खेतीका लागि उपयुक्त भए पनि व्यवसायिक खेती भएन
सिन्धुली – सिन्धुलीमा उत्पादनका हिसावले केरा खेती राम्रो हुने भए पनि यसको व्यवसायीक खेती नगरिदा किसानले उचित आम्दानी गर्न सकेका छैनन् । कम लागतमा
सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने
सिन्धुली, कात्तिक १३, २०८१ मंगलबार । सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको
प्रतिकृया दिनुहोस