रक्तमाला मन्दिरमा फुलपाति बढाई कार्यक्रमको सम्पुर्ण तयारी पुरा

RadioSiddhababa

सिन्धुली, असोज २३, २०८१ बुधबार ।


सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा फुलपाति बढाई कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि असोज २४ गते गरिने फुलपाती बढाई कार्यक्रमको तयारी पुरा भएको रक्तमाला मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । 


सिन्धुलीमाढीको बसपार्क देखि खट्टार सम्म बिभिन्न स्थानमा प्रवेश द्धवार निर्माण गरीएको छ । रक्तमाला मन्दिर संगै कोइला देवि मन्दिर र शिवालय मन्दिर लाई समेत बेहुली झै श्रृगारिएको छ । साथै मन्दिर परिसरमा प्राथमिक उपचार केन्द्र समेत स्थापना गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । फुलपातीको दिन प्रत्येक वर्ष रक्तमाला मन्दिरमा फुलपाती बढाई कार्यक्रम हुदै आएको छ ।

 

भोली बिहान ७ ः ३० बजे भब्य समारोहका बिच फुलपाती बढाई गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो । पम्परालाई कायम राख्ने उदेश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तजनको उल्लासमय उपस्थितिमा फुलापती परिक्रमा गरि भव्य समारोह बिच सलामी दिनुका साथै साँस्कृतिक कार्यक्रम हुने उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा धान थन्क्याउने अन्तिम समयमा फौजी किराले धान बाली नष्ट गर्दै

सिन्धुली, कात्तिक २२,बिहिबार ।  धान थन्क्याउने अन्तिम तयारीमा रहेका सिन्धुलीका किसानलाई फौजी किराले धानबाली नष्ट गर्दा समस्या भएकोे छ । कात्तिकको

RadioSiddhababa

सिन्धुली केरा खेतीका लागि उपयुक्त भए पनि व्यवसायिक खेती भएन

सिन्धुली –  सिन्धुलीमा उत्पादनका हिसावले केरा खेती राम्रो हुने भए पनि यसको व्यवसायीक खेती नगरिदा किसानले उचित आम्दानी गर्न सकेका छैनन् । कम लागतमा

RadioSiddhababa

सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने

सिन्धुली, कात्तिक १३, २०८१ मंगलबार । सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको