सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

RadioSiddhababa

सिन्धुली, असोज २१, २०८१ सोमबार ।


सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी–५ द्धारेखोलामा आज सोमबार दिउँसो बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

काठमाडौं बाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस वाग्मती प्रदेश ०१–००६ ख ६७८५ नं रोयल भोजपुर यात्रुवाहक बसमा ४० भन्दा बढी यात्रुहरू रहेका थिए ।


घाइतेहरू मध्य ९ जनालाई थप उपचारको लागि धरान पठाइएको र अन्य घाईते हरुको सिन्धुली अस्पताल र मरिण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।


धेरै यात्रुहरु घाइते भएकाले यकिन विवरण आइनसकेको र मृतकको समेत पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा धान थन्क्याउने अन्तिम समयमा फौजी किराले धान बाली नष्ट गर्दै

सिन्धुली, कात्तिक २२,बिहिबार ।  धान थन्क्याउने अन्तिम तयारीमा रहेका सिन्धुलीका किसानलाई फौजी किराले धानबाली नष्ट गर्दा समस्या भएकोे छ । कात्तिकको

RadioSiddhababa

सिन्धुली केरा खेतीका लागि उपयुक्त भए पनि व्यवसायिक खेती भएन

सिन्धुली –  सिन्धुलीमा उत्पादनका हिसावले केरा खेती राम्रो हुने भए पनि यसको व्यवसायीक खेती नगरिदा किसानले उचित आम्दानी गर्न सकेका छैनन् । कम लागतमा

RadioSiddhababa

सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने

सिन्धुली, कात्तिक १३, २०८१ मंगलबार । सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको