कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण

RadioSiddhababa

 

सिन्धुली, असार २६, २०८० मंगलबार । 


सिन्धुलीको कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री स्थानीय शासन प्रवद्धनको लागि पोषण सामाग्री वितरण गरिएको हो । वडा नं. १३ र १४ का विपन्न परिवार छनोट गरि उक्त सामाग्री वितरण गरिएको कमलामाई नगरपालिकाको पोषण संयोजक सुस्मीता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न सात वटा क्षेत्रलाई समेटेर सामाग्री हरु वितरण गरिएको छ । 


 


 

आफ्नो खेतबारी तथा करेसाबारीमा उत्पादन गर्न सकिने गर्ववती, सुत्केरी अवस्था र ३ बर्ष सम्मका बालबालिकालाई आवश्यक पर्ने बिभिन्न तरकारी तथा सागसब्जीको बिउ विजन, पौष्टीक तत्वयुक्त खानेकुरा, सफा पानी पिउनको लागि फिल्टर, सरसफाइका लागि बिभिन्न सामाग्री, अन्डा खानको लागि कुखुरा, अक्षर चिन्ने समय भएका बालबालिकालाई शैक्षिक सामाग्री लगायतका सामाग्री हरु दुई वटै वडाका १०÷१० जना गरि २० जना महिलालाई वितरण गरिएको उहाँले बताउनुभयो भयो । 



 

कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले पोषणका बिषयमा आफुले जानेका कुरा छरछिमेकीलाई समेत सिकाउन आग्रह गर्नुभएको छ । स्थानीय सरकारले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य बिमा, स्वास्थ्य शिविर संचालन गर्नुका साथै आयआर्जनका बिभिन्न कार्यक्रम हरु ल्याएको बताउनुभएको छ । बिपन्न नागरिकलाई आयआर्जन संग जोड्नको लागि तथ्यांक संकलन गरि प्रभावकारी कार्यक्रमहरु संचालन गरिने नगर प्रमुख पोख्रेलले बताउनुभयो । बालबालिकाको शारिरीक र मानसिक बृद्धि बिकासका लागि परिवारले खानपानमा ध्यान दिनुपर्ने भएकाले आफ्नो घरमा उपलब्ध सबै प्रकारकार पोषणयुक्त खानेकुरा बालबालिकालाई खुवाउन आग्रह गर्नुभएको छ ।
 


कार्यक्रमको अवसरमा वडा नं. १३ का वडा अध्यक्ष केशर बहादुर कार्कीले बालबालिकालाई पोषण युक्त खानेकुरा खुवाउन अभिभावकमानै ज्ञान हुन पर्ने बताउनुभएको छ । वडाको पिछडिएको स्थान छनोट गरि नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै मडाहाका १० जनालाई पोषणयुक्त सामाग्री प्रदान गरीएको उहाँको भनाई छ ।
 


 

त्यस्तै वडा नं. १४ का वडा अध्यक्ष राजन न्यौपानेले महिलाहरुको गर्वअवस्था देखिनै पोषणको लागि ध्यान पुर्याउनुपर्ने भएकाले यसको बिषयमा नागरिकलाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । राज्यले पोषणको लागि गरेको लगानी बाट स्वस्थ नागरिकको जन्म हुने भएकाले यसको क्षेत्रमा अझै लगानी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।



 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग