समय पाठशालाको ५ औ वार्षिक उत्सवमा ५ विधाका व्यक्तित्व सम्मानित

RadioSiddhababa


सिन्धुली – कमलामाई नगरपालीका वडा नं ६ धुराबजार सिन्धुली स्थित समय पाठ्शाला  बोडिङ स्कुलले शुक्रबार ५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बालबालीकाको प्रतिभा प्रस्फुटन तथा एक उत्कृट कार्यक्रम गरी स्कुलले अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा जिल्लाका ५ विविध क्षेत्रमा रहेर समाज सेवामा महत्वपुर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान् गरिएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमरेश चन्द्र बैदारको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा कमलामाई नगरपालीका ४ सिन्धुलीका समाजसेवी तथा शैलशिखर अनाथलयका संचालक विष्णु प्रसाद देवकोटा, जर्रबुट्टा कला सिन्धुलीका विश्वम्बर लामीछाने, खेलकुद क्षेत्रका माध्यमबाट जिल्ला मात्र नभई देशमा नै योगदान प्र्याउन सफल अन्र्तराष्ट्रिय खेलाडी गोपिलाल बम्जन, निजी शैक्षिक तथा सामाजिक क्षेत्रका माध्यमबाट जिल्लामा रही ३० बर्ष देखि समाजसेवा गदैँ आउनु भएका भगवती बोडिङ स्कुलका प्रिन्सीपल कृष्ण कुमार उप्रेती र मानविय तथा सामाजिक सेवा गदैँ आउनु भएका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापती अशोक क्षेष्ठ लाई अभिनन्दन पत्र र दोसल्ला उडाएर सम्मान गरिएको थियोे । कार्यक्रममा नगर प्रमुख  खत्रिद्धारा  विद्यालयमा अध्यनरत उत्कृट विद्यार्थिहरुलार्ई पनि प्रमाण पत्र र पुरस्कारले सम्मान गरिएको थियो ।
वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा समय पाठ्शालाको उन्नती प्रगतीको शुभकामना व्यक्त गदैँ प्रमुख खत्रिले बालबालीकालाई घरबाटै संस्कार सिकाउनु पर्ने बताउनु भयो । विद्यालयमा शिक्षकहरुले के पढाए भनेर विद्यार्थिलाई गाली गर्नु भन्दा पहिले घरबाट मैले के कस्तो संस्कार सिकाए भन्ने कुरामा पनि मध्यनजर गर्नु धाराण राख्नुुभयो । प्रमुख खत्रिले शिक्षा संस्कारयुक्त हुनु पर्ने बताउँदै नगरपालीकाले शिक्षाको प्रभावकारीता बढाउनका लागी छुट्टै स्थानीय पाठ्यक्रम निर्माण गरिने पनि उल्लेख गर्नुभयो । नगरपालीका क्षेत्र भित्रका  सरकारी तथा निजी विद्यालयहरुलाई पनि मिलाएर अगाडी बढाउने उहाँको भनाई छ । पाठशाला विद्यालयका बालबालीकाले कार्यक्रममा साँस्कृतीक महत्व झल्कने खाल्का सास्कृतीक प्रस्तुतीहरु प्रस्तुत गरे प्रस्चात उहाँले पाठशाला विद्यालयका बालबालीकाहरुको खुलेरै प्रँसम्सा पनि गर्नु भयो ।
स्कुलको ५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा बालबालीकाहरुले विभिन्न बालगित मार्फत नृत्य प्रस्तुत गरेका थिए । यस्तै विभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि प्रर्दशन गरिएको थियो ।  बार्षिक उत्सव तथा अभिभावक दिवस नमुना कार्यक्रमको आयोजन गरी नयाँपनमा विद्यालयले मनाएको अभिभावकहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा आगलागि हुँदा एक घर जलेर नष्ट

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा मंगलबार आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय उत्तम माझीको घरमा

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका