सिन्धुलीका दुई गाउँपालिकाका ७ वडाका बालबालिकालाई विद्यालय झोला वितरण

RadioSiddhababa


सिन्धुली – सिन्धुलीको दुई गाउँपालिकाका ७ वटा वडाहरुमा ग्रामिण महिला चेतना केन्द्र (भी डब्लु सि.सि.) ले वल्र्ड भीजन इन्टरनेशनल नेपाल को आर्थिक सहयोगमा बाल स्पोन्सरसिप परियोजना मार्फत गरिब, विपन्न तथा जोखिमका समुहमा रहि दर्ता भएका २ हजार १ सय ५८ जना आर.सि. बालबालिकालाई विद्यालय झोला (ब्याग) वितरण गरेको छ । संस्थाले झोला वितरण सम्बन्धित वडा कार्यालय मार्फत २०७५ माघ १८ गतेदेखि विभिन्न चरणमा वितरण गरेको हो ।  हाल तीनपाटन ४ र ५ मा ६५०, तीनपाटन ६ मा ४२०, गोलन्जोर २, ३, ४ र ६ मा क्रमशः २५३, २०५, ३४० र २९० वटा झोला वितरण गरिएको परियोजना संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो । झोला दुई गाउपालिकाका ७ वटै वडाहरुमा गरी २ हजार ५०० जना आर.सि. बालबालिकाहरुलाई वितरण गरिने पनि उहाँले बताउनुभयो । आधारभूत तह सम्म अध्ययनरत बालबालिकाको पठनपाठनमा झोला वितरणले प्रत्यक्ष सहयोग गर्ने विश्वास व्यक्त गर्दै परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत सुरजकुमार कार्कीले झोला वितरणसंगसगै सहभागी आर.सि बालबालिका तथा उनीहरुका अभिभावकलाई आगलागीका कारण तथा यसबाट बच्ने उपायहरुको बारेमा अभिमुखीकरण कक्षा समेत संचालन गरिएको र सोही अवसरमा सम्पूर्ण अभिभावकहरुलाई बालविवाह नगर्ने र नगराउने भनी नेपाली जुटौँ बालविवाहा रोकौँ भन्ने नाराका साथ प्रतिवद्धतामा सामूहिक हस्ताक्षर संकलन गरिएको पनि उहाँले जानकारी दिनुभयो  ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य