जनताले २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनायो

RadioSiddhababa


सिन्धुली – कमलामाई नगरपालीका वडा नं ६ सिन्धुली स्थिती जनता अंग्रेजी आवासीय उच्च माध्यमिक विद्यालयले बिहिबार २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । २०५२ साल फागुन २ गते स्थापना भई हाल ३ सय ९५ जना विद्यार्थीहरुलाई अध्ययन गराउन सफल विद्यालयले पठनपाठनमा उत्कृष्ट भएका विद्यार्थिहरुलाई आर्कषक पुरस्कारले सम्मान गर्नुका साथै भव्य साँस्कृती कार्यक्रम गरी दिवस मनाएको हो ।
विद्यालयका संस्थापक सदस्य तथा व्यवस्थापन समितीका अध्यक्ष अम्वरदिप देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद विनोद कुमार खड्काले विद्यालयको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।
प्रद्यानाध्यापक सतिशचन्द्र ढकालले २०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ७० लाख भन्दा बढीको आयव्याय प्रस्तुत गदैँ प्रद्यानाध्यापक ढकालले सार्वजनीक शैक्षिक गुठीको रुपमा विद्यालयले समुदायका विपन्न, दलित, असाहय र अपाङ्गता भएकाहरुको पहुँचलाई व्यवहारीक रुपमा साकार पार्नका लागी निशुल्क पठनपाठनको व्यवस्था गरी विद्यालयलाई समाजकै अभिन्न अंग बनाउने प्रयास गरिएको उल्लेख गर्नुभयो । टाढा टाढा बाट विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई छात्राबासको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रद्यानाध्यापक ढकालका अनुसार सुविधा, सम्पन्न विद्यालयमा हाल ८४ जना छात्रछात्राहरुले  आवासिय सुविधा प्राप्त गरिरहेका छन् ।
यस्तै सिन्धुली शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रमेश सिङ थापाले  हामील्े बोडिङ स्कुललाई एकै रुपले हेर्ने गरेको भए पनि बोडिङ स्कुल २ किसिमले संचालन गरिएको पाईएको बताउनुभयो । उहाँले पहिलो नाफामुखी र दोस्रो सार्वजनीक सेवामुखी रुपमा संचालन हुने बताउदैै जनता अंग्रेजी आवासीय माध्यमिक विद्यलय सेवामुखी भएको पाईएको बताउनुभयो । जनता अंग्रेजी विद्यालयमा शुद्ध सामाजिक विद्यालय भएको उल्लेख गदैँ ईकाई प्रमुख थापाले यस्ता विद्यालय देशमा अत्यन्त कम रहेको बताउनुभयो । बोडिङ स्कुलका राम्रा पक्ष सरकारी शैक्षिक संस्थाले व्यवहारीक रुपमा लागु गर्नु पर्ने र सरकारी विद्यालयका राम्रा पक्षहरु बोडिङ स्कुलहरुले अनुसरण गरे मात्र शैक्षिक संस्थाहरु गुणस्तर बन्ने धाराण पनि राख्नु भयो । जनता अंग्रेजी विद्यालय जिल्लाका लागि नमुना रहेको बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा अझ प्रभावकारी तथा सुलभ रुपमा प्रदान गर्न सकोस भनि बार्षिक उत्सवको अवसरमा शुभकामना पनि व्यक्त गर्नु भएकोथियो । कार्यक्रममा विद्यालयका साना बालबालीहरुले बालापनको उमेर हामी साना बालबालीका लगाएतका अंग्रेजी र नेपाली बाल गितहरुमा नृत्य पनि प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य