बर्दिबासमा ढुंगा बोकेको टिपर पल्टिँदा १० जना घाइते, थापालाई सिन्धुलीमा हेलिकप्टर ल्याई पठाईयो

RadioSiddhababa


सिन्धुली – महोत्तरीको बर्दिवासमा ढुंगा बोकेको टिपर दुर्घटना हुँदा दश जना घाइते भएका छन् । ढुङ्गा लोड गरिएको ना ३ ख नम्बरको टिपर बर्दिबासको मुख्य चोकमा दुर्घटना भएको हो ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गरेको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिनुभयो । गम्भीर घाइते बर्दिवास नगरपालिका ११ बस्ने ३० बर्षका मीनबहादुर थापालाई थप उपचारको लागी सिन्धुली अस्पतालमा प्राथमिक उपचार प्रश्चात हेलिकप्टर मगाईकाठमाडौं पठाईएको सिन्धुली प्रहरी जनाएको छ ।गम्भिर घाईतेको टाउँकामो धेरै चोट लागेको बताईएको छ । अन्य घाइतेहरुको बर्दिवासस्थित जनसेवा हस्पिटल र शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।
ढुङ्गा लोड गरीएको टिपरबाट खसेको ढुङ्गाले लागेर राजमार्ग क्षेत्रमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । दुर्घटनाका कारण ५ वटा मोटरसाइकल र एउटा अटोरिक्सा पूर्ण रुपमा क्षति भएको छ ।बीपी राजमार्ग हुँदै आउने सानाठुला सवारी साधन मुख्य चोकमा दुर्घटना हुने क्रम बढेको छ । ओरालो बाटो भएको र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ् ।यसअघि समेत सवारी साधन तीव्र गतिको कारण अनियन्त्रित भई मुख्य चोकमा रहेको पसल भित्रै पसेर दुर्घटना हुने गरेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा आगलागि हुँदा एक घर जलेर नष्ट

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा मंगलबार आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय उत्तम माझीको घरमा

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका