२४ औँ जनयुद्ध एवं जनआन्दोलन दिवसको अवसरमा सिन्धुलीमाडी पनि कार्यक्रम

RadioSiddhababa


सिन्धुली – २४ औँ जनयुद्ध एवं जनआन्दोलन दिवसका अवसरमा बुधबार सिन्धुलीमाडीमा पनि कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा क्रान्तीकारी माओवादी सिन्धुलीले कार्यक्रम गरेका हुन् ।
नेकपा सिन्धुलीले दिवसका अवसरमा ‘जनआन्दोलन र जनयुद्धका शहिदहरु प्रति श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ  । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको भए पनि नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि जिल्लामा पहिलो पटक कार्यक्रम भएको हो ।
जिल्लाको ९ वटै स्थानीय तहका जनयुद्धका शहिद परिवारहरुको उपस्थितीमा भएको कार्यक्रममा १० वर्षे जनयुद्धमा ज्यान गुमाएकाहरुको सम्झाना स्वरुप श्रन्द्धान्जली व्यक्त गरिएको थियो । सहिद परिवारका धु्रर्व देवकोटाले सहिदहरुले देखाएको बाटोमा हिड् सके मात्र देश समृद्ध हुने बताउनु भयो । उहाँले सहिदहरुलाई कुल्चिएर आफ्नो धरातल नविर्सन सचेत पनि गराउनु भएको छ । सहिदहरुको आर्दश,मुल्यमान्यता र उनिहरुका सपनाहरुलाई सार्थक बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
नेकपाका नेता प्रदिप कट्टुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा सिन्धुलीका नेता तथा कार्यक्रमका प्रमुख अतिथी हरिबोल गजुरेलले जनयुद्धका सहिदहरुको सपना साकार बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एकतामा बल हुने उदाहरण दिँदै नेता गजुरेलले सबै एकजुट भए मात्र असम्भव काम पनि सफल बनाउन सकिने धाराणा राख्नुभयो । हालको परिस्थितीमा प्रतिपक्ष पार्टीले सिर्जना गरेका अवरोधहरु पन्छाउँदैमा  समय बित्दै गएको पनि उहाँको भनाई छ ।
दिवसका अवसरमा नेकपाका नेताहरु कमलजङ राई, लेखनाथ दहाल (राजन), बुद्दिमान माझी, उमा कोईराला, विनोद खड्का, मञ्जु देवकोटा, लगाएतको उपस्थिती रहेको थियो ।  
यस्तै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुलीले पनि जिल्ला सेक्रेटरी मदन बराल नविनको नेतृत्वमा र्याली सहितको कोणसभा गरेको थियो । कमलामाई नगरपालीका वडा नं ६ धुराबजार बाट सिन्धुलीमाडी स्थित बसपार्क गैरिबजार हुदैँ पुरानो फिल्मी हल पुगी सोही बाटो हुदैँ लोकतान्त्रिक चौतारामा आई कोण सभामा परिण भएको थियो । यसैबीच साँझ लोकतान्त्रिक चौरमा दिवसको अवसरमा दिपप्रजोलन पनि गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  सिन्धुली, चैत २, २०८० शुक्रबार ।   नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

RadioSiddhababa

अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

  सिन्धुली, फागुन १२, २०८० शनिबार ।। नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी

RadioSiddhababa

नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

  सिन्धुली, फागुन ११, २०८० शुक्रबार । नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी