राममाडीमा पिकअप बोलेरोले ठक्कर दिदा २ विद्यार्थी घाईते, प्रहरी आउन ढिला गरेको भन्दै विद्यार्थी बाट प्रदर्शन

RadioSiddhababa


सिन्धुली – कमलामाई नगरपालिका ६ राममाडी सिन्धुलीमा बुधबार बिहानै पिकअप बोलेरोले ठक्कर दिदा २ जना विद्यार्थी घाईते भएकाछन् । सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनका लागि आउदै गरेका विद्यार्थीलाई बा ३ च ६७५१ नम्वरको बोलेरोले ठक्कर दिदा २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते हुनेमा गोलन्जोर गाँउपालिका ३ की १७ वर्षकी रोजिना कार्की र कमलामाई नगरपालिका ११ की मनि थापा रहेको प्रहरीले जनाएको छ ।  घाईते मध्य कार्कीको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि धुलिखेल पठाइएको छ । थापाको भने सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिएर हिडेको पिकअप बोलेरोलाई भने सिन्धुलीगढी बाट नियन्त्रणमा लिइएको सिन्धलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिनुभयो ।
यसैबीच घटनास्थलमा प्रहरी आउन ढिला गरेको भन्दै सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गरेकाछन् । विद्यार्थीले घटनास्थल राममाडीमा टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास

सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास गरिएको छ । १७ औं विजय कुमार

RadioSiddhababa

सिन्धुलीमा कार र हायस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ११ जना घाइते

  सिन्धुली, बैशाख १०, २०८१ सोमबार । सिन्धुलीमा कार र हायस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत