कमलामाईमा गाईको दुध बिक्री बाट आम्दानी बढ्दै

RadioSiddhababa


सिन्धुली – कमलामाई नगरपालिका सिन्धुलीमा व्यवसायिक गाई पालन गरेर दुध बिक्री गरी दैनिक आम्दानी बढ्दै जान थालेको छ । नगरमा उन्नत जातका गाई पालन गरी दूध विक्रि तथा वितरण गरी राम्रो आम्दानी हुन थालेको हो ।
कमलामाई नगरपालिका वडा नं ४ ढकाल गाउँमा सञ्चालन गरिएको गौमाता गाई फर्म बाट उत्पादित दुध बिक्री बाट पनि आम्दानी बढ्दै गएको छ । फर्ममा रहेका  ३० बटा गाईबाट दिनमा २ सय लिटर दुध उत्पादन गरी दैनिक विक्रि वितरण भईरहेको सञ्चालक  जनक कुमार ढकालले बताउनुभयो । ढकालले प्रतिदिन गाईको दुधबाट ११ हजार रुपैया आम्दानी हुने बताउनुभयो ।
यस्तै कमलामाई नगरपालिका वडा नं ५ आहालेका सार्किमान तामाङ (कृष्ण भोलन) ले ४ बर्ष अघि देखि गाई पाल्दै आउनु भएको छ । उहाँले १ वटा गाईबाट सुरु ३ बर्षमा  वटा गाई बनाई पुर्णेमा गार्ई फर्म दर्ता गरी हाल ७ वटा गाईबाट ७० लिटर दुध उत्पादन गरी विक्रि वितरण गरेर राम्रो आम्दानी लिन थालेको बताउनुभयो । विदेशमा छोरो धेरै पैसा कमाएर सुख पाउने आशामा गएको र विदेशमा काम गर्न नसके पछि धेरै दुःख भोगेर घर पर्के पछि छोराले पनि गाई पालेर व्यवसाय सुरु गरेको उहाँले जानकारी दिनुभयो । १ वटा गाईबाट ४ बर्षको अवधिमा ७ वटा दुध दिने गाई पाल्दै आउनु भएका उहाँले गाई पालन व्यवसाय अझ बढाई राम्रो आम्दानी गर्ने सोच रहेको बताउँनुभयो ।  तामाङले १ दिनमा ३ हजार ८ सय ५० रुपैया गाईको दुध वेचेर कमाउनु हुन्छ ।
हाल गाईको दुधको प्रति लिटर रु.५५ ले विक्रि हुदै आएको छ भने फागुन देखि असोज मसान्त सम्म गाईको दुधको मुल्य बढेर प्रति लिटर  ६० रुपैयामा पुग्ने भएको छ । कमलामाई नगरपालीकामा हाल व्यवसायिक रुपमा गाई पालन गदैँ आएका गाईपालक कृषकहरुको डाँटा संकलन गर्ने काम पनि भईरहेको कमलामाई नगरपालिकाको पशु शाखा सिन्धुली जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन