सिन्धुलीका दुई ठाँउमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

RadioSiddhababa


सिन्धुली – सिन्धुलीका दुई ठाँउमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांग सिन्धुलीमा बिहिबार बोलेरो जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते मध्य ४ जनाको अवस्था अलि गम्भिर रहेको पैहरीले जनाएको छ ।  चण्डीभन्ज्यांग स्थित भिरमा बा १५ च ९४२२ नं.को जिप दुर्घटनामा मृत्यु भएकाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर शिंहले जानकारी दिनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  
यता जन्ती बोकेको टिपर सुनकोशी गाउँपालिका २ दुम्जा स्थित कमेरे फाँट सिन्धुली नजिकै दुर्घटना हुँदा घटनास्थलमा नै दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तिमाल ९ तित्रिटारकी २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीया चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  रामेछापको खाँडादेवी गाउँपालिका १ कोथपेबाट काभ्रेको तित्रिटार फर्किएको जन्ती बोकेको बा ४ ख ९४३८ नम्बरको ट्रिपर दुर्घटना भएको हो । बुधबार साँझ भएको दुर्घटनामा सबैजसो तिमालको भण्डारीवेसी र तित्रिटारका वासिन्दा परेका छन् ।
स्थानीयका अनुसार, ट्रिपरमा ४१ जन्ती (यात्रु) थिए, तिमध्ये १३ जना गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टर, नर्भिक, अन्नपूर्ण न्यूरो र अरु बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा