जगाडीबाट खनिया जोड्ने कमला नदी पुलको उद्घाटन

RadioSiddhababa


सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाको जगाडीबाट खनिया जोड्ने कमला नदी पुलको बुधबार उद्घाटन गरिएको छ । एक औपचारीक कार्यक्रमका बीच भौतीक पुर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठले पुलको उद्घाटन गर्नु भएको हो । दुधौली नगरपालीका वडा नम्बर ६ जगाडी र वडा नं ४ खनिया चोक जोड्ने कमला नदीको ५०० मिटर पक्की पुल उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।
कमला खोलामा निर्माण गरिएको ५ सय मिटर लामो उक्त पुल २०७३ असार २९ गते निर्माण कम्पनी कालिका–तुदी–रसुवा जेभि काठमाण्डौंसँग सम्झौता भई सुरु गरिएको थियो । कुल ६१ करोड २२ लाख २८ हजार तिनसयँ रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त पुल निर्माण कम्पनिले सम्झौता भन्दा १ वर्ष अगाडि नै निर्माण कार्य सम्पन्न गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा