कमलामाई नगर क्षेत्र भित्र उत्पादित दुधको मुल्य निर्धारण

RadioSiddhababa


सिन्धुली – कमलामाई नगरपालिका सिन्धुलीमा उत्पादित दुधको मुल्य निर्धारण गरिएको छ । कमलामाई नगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लगायतका सरोकारवालाको उपस्थितीमा बसेको बैठकले दुधको मुल्य निर्धारण गरेको हो ।
बैठकले कात्तिक महिना देखि माघ मसान्त सम्म गाईको दुधको मुल्य प्रति लिटर रु.५५ र भैँसीको प्रति लिटर रु ६५ निर्धारण गरिएको नगर उपप्रमुख तथा कृषि संयोजक मञ्जु देवकोटाले जानकारी दिनुभयो । यस्तै फागुन देखि असोज मसान्त सम्म गाईको दुध प्रति लिटर रु ६० र भैँसीको दुध प्रति लिटर ७० कायम गरिएको पनि उपप्रमुख देवकोटाले जानकारी दिनुभयो । त्यस्तै दुध संकलन केन्द्र सम्म आएको दुध, डेरी सम्म पुर्याउनका लागी ढुवानीको भाडा किसानले नै व्यहोर्नु पर्ने र दुधको गुणस्तर निर्धारण गर्न भैँसीको फ्याट् ५.५२ र एनएसएफ ८.५ भन्दा तलको दुध लिनका लागी डेरी बाध्य हुनु नपर्ने निर्णय भएको छ ।  गाईको दुध ३.५ र एनएसएफ ८.५ भन्दा तल हुने दुध पनि लिन डेरी बाध्य नहुने जनाइएको छ  । त्यस्तै किसानबाट संकलित दुध डेरी तथा  दुग्ध विक्री केन्द्रबाट विक्रि हुने दुधको गुणस्तर निर्धारण गरी गाई तथा भैँसीको दुध प्रति लिटर ८० रुपैँया भन्दा नबढाई विक्रि वितरण गर्नु पर्नेछ । बैठकले निर्धारण गरेको भन्दा बढी रकम लिएर डेरीले दुध विक्रि गरेको पाईएमा कानुनी कारवाही गरिने कृषि समिती संयोजक देवकोटाले बताउनुभयो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष विष्णु प्रसाद देवकोटाको अध्यक्षता तथा नगर प्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आतिथ्यता बैठक बसेको हो । बैठकमा उपप्रमुख तथा कृषि संयोजक मञ्जु देवकोटा, कृषि शाखा समितीका सदस्य, नगर भित्रका दुध उत्पादक सहकारी, कृषक र फार्म संचालक बीच मुल्य निर्धारणको विषयमा छलफल भएको थियो  ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन