सिन्धुलीमा पनि काँग्रेसको सरकार बिरुद्ध प्रदर्शन

RadioSiddhababa


सिन्धुली – देशभरको कार्यक्रम अनुसार नेपाली कांग्रेसले सिन्धुलीले पनि सोमबार सरकार विरूद्ध शक्ति प्रदर्शन गरेको छ । सरकारले गरेका जनहित विपरितका निर्णयहरूको विरोधमा काँग्रेसले प्रदर्शन गरेको हो ।
वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिने लगायत मुद्दा कांग्रेसले विरोध सभामा उठाएको छ । पार्टी कार्यलयबाट शुरु भएको बिरोध र्याली जिल्लाको मुख्य बजार क्षेत्र धुराबजार, स्टलबजार, गैरिबजार, दुई नम्बर बजार हुँदै लोकतान्त्रिक चौकमा पुगि कोणसभामा परिणत भएको थियो ।
 कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका निवर्तमान सभापती तथा पुर्वसांसद मोहन प्रसाद बरालले मुख्य  विरोध सरकारको अधिनायकवादी शासनशैली विरुद्ध भएको उल्लेख गर्नुभयो । उहाँले ‘छ महिना हुँदा पनि निर्मलाको हत्यारा पत्ता लगाएर सरकारले कारबाही गर्न नसकेको, ‘३३ किलो सुन प्रकरणमा पनि ठूला माछा पक्राउ गर्न नसकेको उल्लेख गर्नुभयो । क्षेत्र नं. २ का  प्रतिनिधि सभाका प्रत्यायसी नरेन्द्रजङ्ग थापाले कम्युनिस्ट सरकारको दम्भ र महामारी एउटै प्रकृतिको भएको उल्लेख गर्नु भयो । उहाँले महामारी फैलियो भने समुदाय नै सखाप हुने भन्दै संयमीत हुन सरकारलाइ सुझाब दिनुभयो । दुई तिहाइको दम्भले सरकार अधिनायकवाद तर्फ उन्मुख भएकाले विरोध स्वरुप काँग्रेस प्रदर्शनमा उत्रिएको पार्टी सचिब दिपक घिमिरेले बताउनुभयो  ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी