माघ २१ गते काँग्रेस सिन्धुलीले पनि सरकार विरुद्ध आवाज उठाउने

RadioSiddhababa


सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले माघ २१ गते सरकार विरुद्ध आवाज उठाउने भएको छ । नेपाली काग्रेसको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार सिन्धुलीमा पनि विरोधका कार्यक्रम हुने भएको हो ।
 विकास निर्माणमा भएको ढिलासुस्ती, भ्रष्टाचार, बलत्कार, हिंसा विरुद्ध सरकारलाई सशक्त खबरदारी गर्ने काँग्रेस सिन्धुलीले जनाएको छ  । विकास निर्माणमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता जस्ता अनैतिक कार्य मौलाउँदै गएको जनगुनासो बढ्दै गए पछि केन्द्रिय निर्णय अनुसार सरकारलाई खबरदारी गर्ने कार्यक्रमको आयोजना गरिएको कांग्रेस जिल्ला सचिव दिपक घिमिरे बताउनुभयो । सरकारले गरेका सकारात्मक कामलाई रचनात्मक सहयोग गर्ने पनि सचिव घिमिरेको भनाई छ ।
माघ २१ गते सिन्धुली जाआँै, जनविरोधि सरकार विरुद्ध आवाज उठाऔँ भन्ने मुख्य नाराका साथ काँग्रेसले जिल्ला स्तरीय बृहत विरोध प्रर्दशन गर्न लागेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  सिन्धुली, चैत २, २०८० शुक्रबार ।   नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

RadioSiddhababa

अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

  सिन्धुली, फागुन १२, २०८० शनिबार ।। नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी

RadioSiddhababa

नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

  सिन्धुली, फागुन ११, २०८० शुक्रबार । नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी