जन्ती बसमा करेन्ट लागि मृत्यु भएका दुधौलीका ५ जनाको सामुहिक दाहासंस्कार

RadioSiddhababa
तस्विर नेकपाका नेता ज्वाला न्यौपानेको फेसबुकबाट


सिन्धुली – बेहुली लिएर फर्कदै गरेको दुधौली नगरपालिका–९ जितपुर सिन्धुलीको जन्ती बसमा करेन्ट लागि मृत्यु भएका ५ जनाको सामुहिक दाहसस्कार गरीएको छ । बिजुलीको पोलमा ठोक्किएर करेन्ट लाग्दा घटना स्थलमा मृत्यु भएका पाँच जनाको परम्परागत रुपमा शनिबार वेलुकी कमला नदिमा दाहसस्कार गरीएको हो ।
दुर्घटनामा मुत्यु हुनेहरुमा दुधौली नगरपालिका वडा नम्बर ९ का ९ वर्षका आक्रोस कुमर, २० वर्षका पुजा अधिकारी, १७ वर्षका लिला अधिकारी, १० वर्षका सुजन अधिकारी, ४५ वर्षका रामबाबु अधिकारी र धनुषा जिल्ला बाल्टिया बस्ने ६० वर्षका केशमदेवि कुमर रहेका छन् । घाइते आठ जनाको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा दुधौलीका फुलकुमारी कुमर, राजकिम अधिकारी, निलप्रसाद अधिकारी, महेन्द्र अधिकारी, रामनारायण अधिकारी, हर्वन कुमर र सरस्वती अधिकारी रहेका छन् ।
दुधौली–९ जितपुरका रामवरण कुमर दनुवारको विवाहमा बेहुली लिएर फर्कने क्रममा सवेला नगरपालिका–४ स्थित बल्टियामा करेन्ट लागेको थियो । बिजुलीको पोलमा बस ठोक्किदा बसको छतमा राखिएको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा सो घटना भएको हो दुधौली नगरपालिका–९ जितपुरबाट गएको ना ५ ख १७५२ नम्बरको जन्ती बस धनुषाबाट बेहुली लिएर फर्कने क्रममा सवेला नगरपालिका–४ स्थित बल्टियामा बिजुलीको पोलमा ठोक्किएको थियो ।
शुक्रबार साँझ भएको दुर्घटनामा बेहुला बेहुली भने जीपमा भएकाले उनीहरु सकुशल रहेका छन् । यसैबीच दुर्घटनाले समग्र दुधौली नगरपालिका नै शोकमग्न भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दैे घटनाले ठुलो क्षति पु¥याएको भन्दै नगरबासीलाई नै शोकमग्न बनाएको उल्लेख गरेको छ । नगर प्रमुख घनश्याम राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत घटनामा मृत्युवरण हुने व्यक्तिहरुप्रति श्रदाञ्जली अर्पण गर्दै मृतकका शोकाकुल परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस तथा घाईतेको शिघस्वास्थ्य लाभको कामना कामना गरिएको छ ।

 

यसैविच घटनामा परी घाइते भएकाहरूलाई भेट्न दुधौली नगरपालीकाका प्रमुख घनश्याम राउत सहितको एक टोली जनकपुर अञ्चल अस्पताल पुगेका थिए । अस्पतालमा पुगि प्रमुख राउतले घाईतेको शुस्वास्थ्यको कामना गरी आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । यसैविच, दुधौली नगरपालिकाले दुर्घटनामा मृत्यु भएकाको घर परिवारलाई २०—२० हजार प्रति घर परिवार सहयोग गर्ने बताएको छ ।
यता प्रदेश २ सरकारले सो घटनामा मृत्यु भएका परिवारलाई राहत स्वरूप जनही १।१ लाख रुपैयाँ दिने भएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा