सरकार अधिनायकवादको बाटोमा हिड्यो ः देउवा

RadioSiddhababa


सिन्धुली – प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसका पार्टी सभापति एवंम पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार अधिनायकवादको बाटोमा हिडेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस सिन्धुलीले गोलान्जोर गाँउपालिका– ३ ग्वाल्टारमा आज आयोजना गरेको २००७ सालका क्रान्ति योद्धा स्व. बाबुराम बरालको शालिक अनावरण तथा बिशाल आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो । उहाँले चिकित्सा शिक्षा विद्येयक सरकारले सदनबाट जवर्जस्ती पास गरेको चर्चा गर्दै पार्टी त्यसको खिलापमा लड्ने बताउनुभयो । ‘डा. गोविन्द केसीको मागमा पार्टीको समर्थन रहि रहने भन्दै उहाँले ‘गिरिजा प्रसाद कोईराला र शुशिल कोईलाको नाममा रहेको अस्पताललाई संघको मातहतबाट हटाउने निर्णय नसच्याए सदन र सडक दुवै ठप्प पार्ने बताउनु भयो ।
सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चेर हिडेको पनि सभापति देउवाको आरोप थियो । स्वर्गिय बाबुराम बराल अन्याय सहन नसक्ने र न्यायको लागि लड्ने व्यक्तित्व भएको उहाँको भनाई थियो । कार्यक्रममा पार्टीका महामन्त्री डा. शशांक कोईरालाले नेपाली काँग्रेस पारिवर्तनको बाहक भएको चर्चा गर्दै अहिलेको सरकार हिटलर जस्तै अधिनायकबादको बाटोमा हिडेको बताउनुभयो । उहाँले आगामी दिनमा काँग्रेस एक ढिक्का भएर जाने पनि बताउनु भयो । यस्तै पार्टीका प्रबक्ता बिश्वप्रकाश शर्माले डा. केसीलाई कात्रो ओढाउने अवस्था आए काँग्रेसले देश ठप्प पार्ने बताउनुभयो । ‘बिगतमा काँग्रेसको नेतृत्वमा बनेको सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले आफैले गरेको भनिरहेको पनि आरोप लगाउनु भयो । काँग्रेसले अहिले पनि सालिन प्रतिपक्षको भूमिका निर्बाह गरि रहेको पनि उहाँले बताउनु भयो  चिकित्सा शिक्षा विद्येयक पारित गराउँदा सदनमा भएको घट्नाले सरकारको विश्वास गुमेको उहाँको भनाई थियो ।
जिल्ला पार्टी सभापति उज्वलप्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय भिष्मराज आङदाम्मे, श्याम घिमिरे, पूर्वमन्त्री विपिन काईराला, पूर्व सांसद मोहन बराल लगायतका बक्ताले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा स्वं बरालले खेलेको भुमिकाको बारेमा चर्चा गनु भएको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  सिन्धुली, चैत २, २०८० शुक्रबार ।   नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

RadioSiddhababa

अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

  सिन्धुली, फागुन १२, २०८० शनिबार ।। नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी

RadioSiddhababa

नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

  सिन्धुली, फागुन ११, २०८० शुक्रबार । नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी