राजमार्ग निर्माणको काम तिव्र गतिमा

RadioSiddhababa


पुस २९, सिन्धुली – धरान – चतरा –  सिन्धुली –  हेटौँडा सडकको निर्माण कार्य तीव्र गतिमा हुन थालेको छ । सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग ( धरान – चतरा – सिन्धुली – हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको हो ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डमा करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सडकको तुलनामा पुल निर्माणका कार्य धेरै अगाडी बढीसकेको पाइएको छ ।  
राजमार्गको पुर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरि काम भएको छ । दुबै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण लगायतको संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । कुल १ सय १५ किलोमिटर सडक खण्ड अन्तर्गत सडकतर्फ करिव ३५ प्रतिशत र पुल तर्फ झन्डै ६० प्रतिशत काम सम्पन्न भइसकेको पनि आयोजनाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा