सम्मान मेरा लागि काम गर्ने थप हौसला र प्रेरणा हुन ः विमला 

RadioSiddhababa

देविका मगर, सिन्धुली, बैशाख १५  – एउटा घर र उद्योगको सन्चालिका बिमला थापा । म  आज काम ,नाम र दामले सबै माझ परिचित भएको छु । यो उहाँ कै शब्द हो । सिन्धुली जिल्लाको सदरमुकाम नजिकै  धुराबजारमा सौगात गृह एण्ड सातु उद्योग छ त्यो उद्योगमा प्राय जसो भिडभाड देखिन्छ  । त्यहि भिडभाडमा कहिले सामान बेचिरहेको त कहिले सामान प्याकिङ गरिरहेको देखिन्छ बिमलालाई । प्राय उहाँ ब्यस्त हुनुहुन्छ । त्यहि ब्यस्तता र परिश्रम आज उहाँको जिविकोपार्जनको स्रोत बनेको छ । अहिले बिमला र  बिमलाको परिवारको दैनिकि त्यहि ब्यबसायबाट चलेको छ ।


  कमलामाई नगरपालिका वडा नंं ६ धुराबजार उहाँको आफ्नै घर हो  । उहाँको एउटा सौगात गृह एण्ड सातु उद्योग छ र बिमला त्यस उद्योगको सन्चालिका हुनुहुन्छ  । बिमला अहिले ४० बर्षको हुनुभयो उहाले एस.एल.सि सम्म पढाइ गर्नु भएको छ । 


बिमलाको बिबाह भएको झण्डै १५ वर्ष हुनलागेको छ । बिमला भन्नुहुन्छ बिबाह हुनुपुर्व त एउटा संस्थामा काम गर्थे सामाजिक परिचालकको रुपमा तर जब बिबाह भयो अनि जागिर गर्ने कुनै अबसर पाईन । श्रीमान पनि बैदेशिक रोजगारको लागि खाडिमुलुकमा जानुभएको थियो । बिदेश बसुन्जेल त परिवार चलाउन उति सारो अप्ठेरो थिएन बिदेश बसाई पछि स्वदेश फर्के पछि परिवार चलाउनमा  गारो हुन थाल्यो । बैदेशिक रोजगार प्राय सिमित समयको लागि मात्र हुने गर्दछ । आफ्नो शरिर स्वस्थ र शकुसल रहुन्जेल अनि काम गर्न सकुन्जेल मात्र हो । त्यस पछि मैले एउटा काम गर्ने निधो गरे श्रीमाने बिदेशमा भए पनि म पनि केहि ब्यबसाय गर्छु र गरे पनि । 


लघुउद्यम बिकास कार्यक्रम मार्फत श्री सिन्धुली संस्थाबाट टिका बनाउने तालिम आएको थियो त्यो तालिम लिए पछि मैले जम्मा  ४ हजारमा टिका उद्योग सन्चालन गरे बिस्तारै अरु सिपमुलक तालिमहरु लिने मौका पाए । अबसरले मान्छेलाई सफल बनाउछ बिमला अहिले सौगात गृह उद्योगको मालिक हुनुहुन्छ ।  २०७० सालमा उद्योग स्थापना गर्नुभयो त्यो पनि ब्यक्तिगत रुपमा । कच्चा पदार्थहरुको सदुपयोग गर्दै उद्योग ब्यबसाय सन्चालन गर्दा आम्दानी हुनुका साथै हाम्रो घरमा भएको कच्चा पदार्थहरु पनि खेर जान पाउदैन ,स्थानिय स्रोत र साधनमा आधारित गुणस्तर युक्त सामान उत्पादन गर्न सकिन्छ  । बिमलाले पहिले टिका बनाउने तालिम लिनुभएको थियो । पछि उहाँले अचाँर बनाउने तालिम लिनु भयो र अहिले बिशेष गरि  पिठो जन्य सामानहरु उत्पादन गर्नहुन्छ  ।

 
पहिले र अहिले आफुलाई फर्केर हेर्दा मैले धेरै कुरामा परिवर्तन भएको  पाएकी छु । त्यो परिवर्तन मेरो मेहनत र लगाबले सफल भएको हो । केहि सामान चाहियो भने आमा बा संग हात फैलाएर माग्नु पथ्र्याे आफु संग हुदैन थियो श्रीमान पनि बेरोजगार । छोराछोरीको शिक्षाको लागि पनि ब्यबस्था थिएन तर जब मैले उद्योग सन्चालन गरे अब माग्न हैन दिएर खान सक्छु । मेरो छोरा र छोरी अहिले राम्रै बिद्यालयमा पढाई रहेकी छु  । जब हामी संग हातमा केहि सिप हुदैन तब हामी  पुर्णरुपमा अरु माथि निर्भर हुनुपर्छ भन्ने कुरा मैले त्यति बेला आफुलाइृ परेपछि थाहा पाए ।


एक दिन दुई दिन त माग्न पनि ठिकै होला तर बारबार मागिरहन हामीलाई पनि अप्ठेरो लाग्छ । अरु माथि निर्भर नहुनको लागि हामीले केहि सिप सिकेर धैर्यताका साथ लाग्नुपर्छ तब मात्र हामी आत्मनिर्भर हुन्छौ । आज अरुका लागि उदाहरण दिदै बिमला भन्नुहुन्छ । 


मेरो मेहनत र धैर्यता देखेर बिभिन्न संघसंस्थाहरुले मलाई सम्मान समेत गरेको छ । ४÷५ बर्ष अगाडि मिडेक र श्री सिन्धुलीले सफल उद्यमी भनेर सम्मान गर्याे भने उद्योग बाणिज्य संघले पनि सफल महिला उद्यमी भनेर सम्मान गरेको छ । यी सम्मान मेरा लागि काम गर्ने थप हौसला र प्रेरणा दुबै भएको छ । काम गर्नको लागि मलाई थप उर्जा प्राप्त भएको छ  ।


बिमलाकोे उद्योगमा  २ जना कामदारहरुले रोजगारी पनि पाएका छन्  । उनिहरु पनि बिमला जस्तै मेहनती छन् उनिहरुलाई रोजगार दिएको ५ बर्ष भैसकेको छ  । उहाँ  भन्नुहुन्छ यदि मैले तालिम नलिएको भए र  हातमा यो सिप नभएको भए आज म यो ठाउँमा हुदैन थिए होला । उनको उद्योगमा उत्पादन हुने सामानहरु भनेको अचार , पिठोबाठ बन्ने परिकार , चाडपर्बको बेलामा चाडबाड अनुरुपको मिठाई बन्छ । अरु समयको तुलनामा कुनै उत्सब चाडपर्वहरुमा सामानको बिक्रि बितरण बढि नै हुन्छ । बिमलाले उत्पादन गर्नभएको सामानहरु सिन्धुली भन्दा बाहिर पनि माग हुन्छ । बिमला भन्नुहुन्छ बजार पनि राम्रो छ तर  सिन्धुली कै ग्राहकलाई मैले सामान पुर्याउन सकिरहेको छैन । कमाई पनि राम्रो छ , यसैबाट आज हाम्रो परिवारको घर खर्च चलेको छ आज म संग दशलाख बराबरको पँुजि छ ।


बिमला उद्योग सन्चालन गर्ने मात्र हैन बिभिन्न संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ । उहाँको उद्योगलाई  श्रीमानले पनि सहयोग गर्नुभएको छ । बजारको माग एकदम धेरै छ कारण उहाँ शुद्धता र गुणस्तरमा ध्यान दिनुहुन्छ  । उहाँ भन्नुहुन्छ ः– मैले पैसा धेरै कमाएको छैन तर गुणस्तर र शुद्धतामा नाम कमाएकी  छु । स्थानिय स्रोत र साधनमा उत्पादित गुणस्तरयुक्त सामान उत्पादन गर्न सक्नु नै बिमलाको खुबि  हो ।यहि खुबिको प्रशंसा पनि हुन्छ । सिप बिकास तालिम एकदम फाईदा मुलक छ  सिपले आत्मानिर्भर बन्न सिकाउछ । उहाँ भन्नुहुन्छ  ः– आफु योग्य त संसार योग्य ,आफुसंग सिप छ भने संसारको जुन कुनामा रहेपनि बाच्नसक्ने मनोबल  बढ्छ  जब मान्छेमा केहि सिप हुदैन तब त्यो मान्छे अन्धोसरह नै हुन्छ किनकी उसमा कुनै उपाय नै हुदैन । ब्यबसाय गर्नको लागि पैसा ठुलो कुरा हो भनेर यो कुरालाई अगाडि ल्याउनुहुदैन ,पैसा पनि केहि हो किनकी ब्यबसाय गर्नको लागि सबै भन्दा पहिलो कुरो त आफ्नो भित्रि मनबाट ईच्छा हुनुपर्याे कि म ब्यबसायि बन्छु केहि ब्यबसाय गर्छु  निर्णय गर्न सक्नुपर्छ तब सबै कुरा जुट्छ जस्तो मलाई लाग्छ किनकी त्यो अबस्था मैले पार गरेकी थिए  ।  


सबै भन्दा ठुलो कुरा आफ्नो निर्णय आफैले गर्न सक्नु प¥यो न कि हामी अर्काको निर्णयमा चल्न परोस । सल्लाहा सुझाब सबैको लिनुपर्छ तर म यो काम गर्छु भनेर आफैमा प्रतिबद्धता चाहि हुन पर्छ । मेरो श्रीमानको कमाई यति छ मलाई के गर्न आबश्यकता छ र जरुरत नै छैन मेरो छोराछारी राम्रो बिद्यालयमा पढेको छ भनेर सोच्नु अहमता हो । हामीले यो साच्नु पर्छ कि श्रीमानको कमाई पनि त्यहि घरको   लागि हो र हामीले पनि केहि गरे घरमा थप सहयोग पुग्छ  । काम गरेर कोहि पनि सानो हुदैन ।काम गरे पहिलो कुरो त हामी शारिरीक रुपमा स्वस्थ हुन्छौ दोस्रो कुरा आयआजर्न गरिरहेका हुन्छौ भने सामाजिक प्रतिष्ठा कमाई रहेका हुन्छौ  ।  

 

खालि समयमा बसिरहनु भएको छ भने आफु अनुकुलको सिप छनौट गर्नुहोस ताकि त्यो सिप जिवन भरको लागि उपयोगी होस् र भोलीका दिनमा अरुले पनि देखेर अनुकरण गर्न सकोस र यदि ब्यबसाय गर्ने नै उदेश्य हो भने चाहि धैर्यता हुनुपर्छ , बर्षमा १२ महिना हुन्छ सबैलाई थाहा छ तर सधै भरि नाफा मात्रै हुन्छ भन्ने छैन सिजन चलेको बेलामा ६ महिनामा कमाई हुने २ महिनामा लिन सकिन्छ त्यसैले ब्यबसायमा सबैभन्दा ठुलो कुरा धैर्यता हुनुपर्छ । 


गरिबी न्युनिकरणमा पनि सिपले  सहयोग पुग्छ र उद्यमशिल भई जिबिकोपर्जन गर्न सकिन्छ र उद्योग कलकारखाना खोल्दा महिलाको लागि बिशेष प्राथमिता दिएको छ त्यो अबसरको सदुपयोग हामी किन नगर्ने  आउनुस आजैबाट सिप सिकौ र आत्मानिर्भर बनौ ।


आफ्नो भबिष्य सुरक्षित बनाउनको लागि पनि सिप मुलक तालिमहरु लिन आश्यक छ र कहि कतै तपाईको गाउँठाउँमा यस्ता सिप मुलक तालिमहरु आउछ भने त्यो तालिम लिने अबसरबाट नचुक्नु होला । जुन घरमा महिला सक्षम हुन्छिन त्यो घरमा हिंसाजन्य गतिबिधि पनि उत्पन्न हुन पाउदैन । कतिपय हिंसाहरु महिला कमजोर भएकै कारणले भैरहेको हुन्छ त्यसैले आफु सुरक्षित हुनको लागि आत्मनिर्भर हुन आबश्यक छ । त्यो हमीले उदाहररणको रुपमा बिमलालाई पनि लिन सक्छौ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

सरला सुनुवार सिन्धुली ।    गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो

RadioSiddhababa

प्रविधिको प्रयोग र बालबालिका 

कल्पना भुजेल सिन्धुली । कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई

RadioSiddhababa

ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

कल्पाना भुजेल सिन्धुली ।  त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर