सिन्धुलीमाडीमा हुने प्रादेशिक महोत्सवमा १५ लाख नाफा निकाल्ने लक्ष्य, सिन्धुली महोत्सव २०७३ को नाफा लोकतान्त्रिक चौरको संरचना निर्माणमा खर्च गरिने

RadioSiddhababa


मंसिर २७, सिन्धुली – सिन्धुलीमाडीमा आगामी पुष १३ गते देखि २२ गत सम्म सञ्चालन गर्न लागिएको ३ नं प्रदेश स्तरिय प्रादेशिक महोत्सव २०७५ का बारेमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सिन्धुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराएको हो ।
कृषि पर्यटन, जलस्रोत उधोग क्षेत्रको विकास समृद्ध ३ नं प्रदेश निर्माण को आधार भन्ने मुल नाराका साथ सञ्चालन गरिने महोत्सव बाट १५ लाख रुपैया नाफा निकाल्ने लक्ष्य राखिएको छ । महोत्सवमा ८० लाख बराबरको आय हुने जसमा ६५ लाख खर्च भई बाँकी रकम बचत हुने अनुमान गरिएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो ।  प्रदेशको धार्मिक एवं ऐतिहासिक पर्यटकिय क्षेत्रको इतिहास तथा महत्वलाई महोत्सव मार्फत आन्तरकि पर्यटकलाई जानकारी गराई जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटन प्रर्वद्धन गर्ने महोत्सवको उद्धेश्य रहेको अध्यक्ष बैदारको भनाई थियो ।
कार्यक्रममा आयोजक कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले स्थानिय उत्पादनलाई प्रमुख प्राथमितामा राखी महोत्सवमा व्यापारिक कारोबार समेत बढाउने उद्धेश्य रहेको बताउनुभयो ।  पत्रकार सम्मेलनमा प्रादेशिक महोत्सवको लक्ष्य, उद्धेश्य, प्रर्दशन हुने वस्तुहरु, लक्षित अवलोकन कर्ता, महोत्सव प्रवद्धन योजना, स्टल प्रयोजन, प्रवेश टिकटदरको बारेमा पनि जानकारी गराईएको थियो । महोत्सवमा कृषिजन्य उत्पादित वस्तुहरु, घरेलु तथा साना उधोग जन्य उत्पादित वस्तुहरु, जातिय परम्परागत कला सस्कृति, होटल, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी बाट उत्पादित वस्तुहरुको गरी २५० स्टल रहने जानकारी गराईएको छ । महोत्सवको समुद्घाटन  अर्थ मन्त्री युवराज खतिवडा र समापन प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल बाट हुने पनि जानकारी गराइएको छ ।
यसैबीच सिन्धुली महोत्सव २०७३ मा भएको नाफा रकम लोकतान्त्रिक चौरको संरचना निर्माणमा खर्च गरिने भएको छ । सिन्धुली महोत्सव २०७३ को नाफा रकम १० लाख ४० हजार रुपैया कमलामाई नगरपालिका मार्फत लोकतान्त्रिक चौरको निर्माण खर्च गर्न बुधबार बसेको सर्वपक्षिय बैठकले निर्णय गरेको हो । कमलामाई नगरपालिका मार्फत चौरको घेराबेरा, विस्तार र तटबन्धन निर्माणका लागि खर्च गर्ने निर्णय भएको सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ । बैठकमा जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, कमलामाई नगरपालिकाका प्रमुख, सिन्धुली उद्योग वाणिज्य संघका पदाधीकारी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन