लाली गुँरासको अध्यक्षमा फेरी श्रेष्ठ

RadioSiddhababa


मंसिर २५, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लाली गुँरास बचत तथा ऋण सहकारी सस्था लिमिटेडले मङ्गलबार आफनो १० औ बाषर््िाक साधारण सभा तथा स्थापना दिवस मनाएको छ ।
सस्थाको अध्यक्ष किरण श्रेष्ठको अध्यक्षता तथा सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो  । १४९ जना सेयर सदस्य रहेको सस्थामा आर्थिक बर्ष २०७४र७५ मा ६७ लाख २१ हजार ३ सय ६८ रुपैया ४५ पैसा वासलात रहेको सहकारी संस्थाले २६ लाख ६६ हजार ९ सय ३६ रुपैया १६ पैसा आम्दानी गर्दै २६ लाख ४४ हजार ९ सय १४ रुपैया ९९ पैसा खर्च गरी खुद २२ हजार २१ रुपैया १७ पैसा सञ्चालन नाफा गरेको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष धन बहादुर कार्की ले प्रस्तुत त गर्नु भएको थियो ।
वार्षिकोत्सव तथा साधारण सभा बाट संस्थाको अध्यक्षमा फेरी  किरण श्रेष्ठलाई नै चयन गरेको छ ।  समितिमा पुष्पराज श्रेष्ठ उपाध्यक्ष, बासुप्रसाद भेटवाल सचिव, धनबहादुर कार्की कोषाध्यक्ष र  कुसुम सुवेदी, सुष्मा बैदार, धनमाया राई सदस्य रहनु भएको छ ।  संस्थामा द्धारिका काफले संयोजक तथा विनय दाहाल र संजिता चौधरी रहेको ३ सदस्यिय लेखा समिति, बासुप्रसाद भेटवाल संयोजक, टिकाजंग थापा र रविन श्रेष्ठ सदस्य रहेको शिंंक्षा समिति, पुष्पराज श्रेष्ठ संयोजक  सिताराम पहाडी र रमेश जोशी सदस्य रहेको क्रण समिति र अमेश चन्द्र बैदार, नवराज कोईराला, विमला श्रेष्ठ, खडानन्द तिमल्सेना र मोहन बहादुर श्रेष्ठ सदस्य रहेको सल्लाहकार समितिको गठन गरिएको छ ।  
साधारण सभाले आगामी बर्ष सदस्य संख्या २५० पुर्याउने र खुद बार्षिक नाफा १० लाख पुर्याउने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली, बैशाख ८, २०८१ शनिबार । बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत विद्यालय

RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ