भ्रष्टचार विरुद्धको दिवसमा सिन्धुलीमाडीमा भूकम्प प्रभावितका गुनासो संकलन, गोलन्जोर ५ मा भ्रष्टचार नगर्ने प्रतिवद्धता

RadioSiddhababa


मंसिर २३, सिन्धुली – भ्रष्टचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आईतबार सिन्धुलीमाडीमा भूकम्प प्रभावितका गुनासो संकलन गरिएको छ । कमलामाई नगरपालिकाको कार्यालयमा सेवा लिन आएका सेवाग्राहीले भूकम्प पछिको पुर्ननिर्माणका क्रममा भोगेका समस्या तथा गुनासो संकलन गरिएको हो ।
इुरोपियन युनियनको सहयोगमा ट्रान्सपरेन्सि इन्टरनेश्नल नेपाल सिन्धुलीको आयोजनामा गरिएको कार्यक्रममा संकलन भएको गुनासोको सम्बोधन गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी सरोकारवाला निकायहरुलाई जिम्मेवार र जवाफेदहि बनाउन प्रयास गरिने जनाएको छ ।
दिवसकै अवसरमा सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ रतनचुरामा भ्रष्टचार नगर्ने प्रतिवद्धता जनाईको छ । रेडियो स्रोता क्लब रतनचुराले  आयोजना गरेको  कार्यक्रममा  सरोकारवाला बीच सामुहिक छलफल गरी भ्रष्टचार नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरिएको हो  । म भ्रष्टचार गर्दिन र अरुलाई पनि गर्न दिन्न मेरो प्रतिबद्धता सहित  स्थानीय जनप्रतिनीधी, नागरिक समाज  अगुवा लगायतले हस्ताक्षर गरेका हुन् ।  
कार्यक्रममा गोलन्जोर गाँउपालिका ५ का वडा अध्यक्ष बुद्धी बहादुर पाल्पालीले आफु भ्रष्टचार बिरोधि भएकोले आफु पनि भ्रष्टचार नगर्ने र अरुलाई पनि  गर्न नदिने बताउनु भयो  । आफ्नो कार्यकाल भरी सडक, खानेपानी लगाएत अन्य क्षेत्रमा पनि पालिका बाट आएको बजेटलाई पारदर्शि तरिकाले सञ्चालन गर्दै आएको समेत बताउनुभयो । त्यसैगरी नागरिक समाजका जनप्रतिनिधी, स्थानीय नागरिक, शिक्षक, स्रोता समुहको सदस्य, युवाहरुले आफ्नो तर्फ बाट भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै सामुहिक रुपमा प्रतिबद्धता  गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य