गुणस्तरीय शिक्षा आर्जन गरी देश निर्माणमा सहयोग गर्न काँङ्ग्रेस सिन्धुलीका सभापती बरालको विद्यार्थीलाई आग्रह

RadioSiddhababa


मंसिर २०, सिन्धुली – नेपाली काँङ्ग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालले गुणस्तरीय शिक्षा आर्जन गरि देश निर्माणमा सहयोग गर्न सम्पुर्ण विद्यार्थीलाई आग्रह गर्नुभएको छ । शिक्षा र अनुभबको कमिले देश निर्माणले गति लिन नसकेको भन्दै  सभापती बरालले बिद्यार्थीले आर्जन गरेको शिक्षा र अनुभबलाइ देशको विकास र सम्वृद्धी तर्फ केन्द्रीकृत गरिनु पर्ने उल्लेख गर्नुभयो ।
 नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पस इकाईले बिहिबार उच्च शिक्षा हासिल गर्न आउने नव आगन्तुक विद्यार्थीलाई आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै बरालले  सरकार नागरिकमुखी नबन्दा साना कलिला विद्याथीर्, बालबालिका, अनेकौं हिंसा र बलात्कारको शिकार हुन पुगेको बताउनुभयो । अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिलाइ कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा सरकार उल्टै अपराधीलाई संरक्षण गर्न तर्फ लाग्नु देशका नागरिक, बिद्यार्थी, बालबालिका सबैको दुर्भाग्य भएको उहाँको भनाई थियो ।
सास्कृतिक कार्यक्रमका बीच नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको कार्यक्रममा काँङ्ग्रेस सिन्धुलीका नेता उपेन्द्र पोखरेल, सचिब कृष्ण प्रसाद दाहाल, शिक्षक संघ सिन्धुलीका सभापती अरुण कुमार थिङ्ग, तरुण दलका कमल पोखरेल, नेविसंघ क्षेत्रीय सभापती रमेश कार्की लगायतले विद्यार्थीलाई मन्तव्य मार्फत स्वागत गर्नुका साथै आफ्नो धारणा व्यक्त गरेको थिए ।
नेपाल बिद्यार्थी संघ बहुमुखी क्याम्पस इकाइले कक्षा ११ र स्नातक तह प्रथम बर्षमा अध्यन गर्न आउने बिद्यार्थीलाई चियापान तथा सास्कृतिक कार्यक्रम गरी स्वागत गरेको हो । नेपाल विद्यार्थि संघ बहुमुखी क्याम्पस इकाइ सभापती चुडाबिक्रम थापाको अध्यक्षता तथा नेपाली काँङ्ग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी