नारायण गोपालको २८ औ स्मृति दिवसको अवसरमा सिन्धुलीमाडीमा कार्यक्रम

RadioSiddhababa


मंसिर १५, सिन्धुली – स्वर सम्राट स्व.नारायण गोपालको २८ औ स्मृति दिवसको  अबसरमा शनिवार सिन्धुलीमाडीमा साँस्कृतिक कार्यक्रम गरिएको छ । नेपाली कलाकार र नेपाली  गित संगितलाई संरक्षण र सम्बर्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक रेन्वो म्युजिक ट्रेनिङ सेन्टरले जनाएको छ । 
राष्ट्रलाई सम्मान नेपाली गित संगितको उत्थान भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा कमलामाई नगरपालीकाका प्रमुख खड्ग बहादुर खत्रिले स्वर सम्राट नारायण गोपलको संझनामा स्थानिय सरकारले कार्यक्रम गर्नु पर्नेमा रेन्वो म्युजिक ट्रेनिङ सेन्टरले कार्यक्रम गरेकोमा धन्यवाद दिदै आगामी वर्ष कमलामाई नगरपालीकाले कार्यक्रम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख खत्रीले राष्ट्रका गहना रुपमा रहेका कलाकारहरुलाई प्रोत्साहन गर्नको लागि नगरपालीकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 
कार्यक्रममा दृष्टि बिहिन कलाकारहरुले गितार, हार्माेनियम, बासुरी बाद्यबाद्यन तथा तबलाको प्रत्यक्ष प्रस्तुतिमा स्रोता र दर्शकलाई मनोरन्जान प्रदान गरिएको थियो ।  रेन्वो म्युजिक ट्रेनिङ सेन्टरका अध्यक्ष पुस्कल खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय कलाकार राज सिग्देल, यम सीदाली, बिजय गुरुङ तथा प्रगतिशिल प्रतिभा केन्द्रका कलाकारहरुको प्रस्तुती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका