मेरो कार्यकायल समुदायकै हितमा खर्चनेछ ः महिला सदस्य थिङ

RadioSiddhababa

सरला सुनुवार, सिन्धुली, बैशाख १० – मरिण गाउँपालिका कार्यपालिकाका महिला सदस्य पञ्च माया थिङको दैनिकी हिजो आज समाज सेवामानै बित्छ ।    बाल्यकालमा गरीबी र भोकमरीले सताएको रित्तो पेट लिएर बाच्दा उहाँलाई लागेको थिएन म पनि नेतृत्व तहमा आईपुग्छु । 


साईनोले दिदी पर्नु हुन्थ्यो जनयुद्धकालमा गाउँमा प्रौढ शिक्षा पढाउने भनेर किताब लिएर आउनु भएको थियो । तर उहाँले त्यो समय प्रौढ शिक्षा पढाउन सक्नु भएन । बाटोभरी किताब फालिदिनु भयो । त्यहि किताब मेरो लागि आज नेतृत्व तहमा आईपुग्ने खुड्किलो बन्यो उहाँ भन्नु हुन्छ । 


घरमानै बसेर दाईको साहारा लिएर  किताब पढ्न लेख्न सक्ने भए पछि पन्च मायाको बिवाह २४ बर्षको उमेरमा गाउँमै भयो । त्यति बेला आफुले रोजेर या खोजेर बिवाह गर्न परिवारले दिएनन् । चुपचाप आमाको रोजाई र खोजाईमा नै उहाँले चित्त बुझाउनु भयो । 
आफुलाई बदल्ने मौका बिवाह पछाडी पाउनु भयो उहाँले । एकदिन गाँउमा गरीबी निबारणको बैठक थियो । त्यहाँ सबै पुरुषहरु मात्र भेला हुन्थ्ये । एकदिन पन्च मायाको श्रीमानले गरिबी निकारणकै समुहमा अध्यक्ष तिमिलाई बनाएर आए भन्ने कुराको खबर लिएर घरमा आउदा मैले श्रीमानसँग यसरी झगडा गरे कि हाम्रो सम्बधनै नरला झै गरे । 

 

“बैठकमा जानको लागि टाउँकोमा फेटाले टच बाँधेर राति राती घाँस काट्थे, कामले नभ्याएर यसरी पनि काम गर्थे आज त्यहि कामहरु समुदायमा नाम बनेर सबैसँंग परिचित हुने मौका मिल्यौँ ”


धेरै पढेलेखेको थिइन सामान्य पढेलेख त्यसैमाथि जनजाति ,भाषिक समस्याको कारण बोल्न आउदैन थियो । अध्यक्ष बसेर मैले के गर्न सक्छु भनेर मैले त्यसो गरेकी हुँ । त्यति बेला उहाँले मलाई सम्झाउदै भन्नु भएको थियो । त्योसो नभन महिलाले पनि प्राथामिकता पाउनु पर्छ । मैले तिमिलाई अध्यक्ष राख्दा सबै पुरुष हासे किन हाम्रो समुदायमा महिलाले केहि गर्न सक्दैनन् र ? सुरुवात तिमिले गर भन्दै श्रीमानले सम्झाए पछि मलै स्वीकार गरे ।


एकदिन  बैठकमा जाँदा नमस्कार गर्न नसकेर थरथर काम्मे । त्यति बेला मलाई लागेको थियो अब सक्दिन । तर पछि बिस्तारै बानिपर्दै गए पछि सजिलो भयो । त्यस पछि यताउता समुहमा हिड्ने बानी पनि पर्दै जान थाल्यो । त्यस पछि श्रीमान बिदेश जानु भयो । पैसाको अभाव खान,लगाउन समस्या बाल्यकाल देखि झेल्दैआएको गरिबीले बिवाह पछाडी पनि छोडेन । त्यसैले श्रीमान बिदेश जानु भयो । 


परिवार संग छुटिएर बसेको थिए ।  एकल जिम्मेवारी लिएर श्रीमान बिदेशिए पछि हलो जोत्ने, घर बनाउने ,अरुको अर्मपर्ममा हिड्ने, बालबच्चा पढाउने बढाउने, त्यो संगसंगै गाउँमा हुने बैठक, भेलामा सहभागी हुने यी सब काम मैले आफैले भ्याउथे उहाँ भन्नु हुन्छ । 
 

बैठकमा जानको लागि टाउँकोमा फेटाले टच बाँधेर राति राती घाँस काट्थे, कामले नभ्याएर यसरी पनि काम गर्थे आज त्यहि कामहरु समुदायमा नाम बनेर सबैसँंग परिचित हुने मौका मिल्यौँ । उहाले भन्नुभयो ।

मैले गरेको काम मेरो संघर्षलाई बुझेर आज मलाई नेतृत्व तहमा आईपुग्न समुदायले स्थानीय तहको चुनाबमा जिताउनु भयो । मैले कसैलाई पनि भोट मागिन उहाँहरु आफैले मेरा काम देखेर दिनु भएको हो । त्यति मात्र नभएर आज कार्यपालिको सदस्य सम्म हुने मौका पाए । त्यो मौक्कालाई मैले यसरी सदुपयोग गर्छु म मेरो कार्यकायल समुदायकै हितमा खर्चनेछु । उहाँले बताउनुभयो । 


 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

सरला सुनुवार सिन्धुली ।    गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो

RadioSiddhababa

प्रविधिको प्रयोग र बालबालिका 

कल्पना भुजेल सिन्धुली । कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई

RadioSiddhababa

ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

कल्पाना भुजेल सिन्धुली ।  त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर