विपि कोईराला समाज दुधौलीको साधारण सभा सम्पन्न

RadioSiddhababa

 

मंसिर २, सिन्धुली  – विपि कोईराला समाज दुधौली सिन्धुलीको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ । जन नायक विशेश्वर प्रसाद कोईरालाको विचार र उनको समाजवाद गाउँ घर तथा स्थानिय तहका जनता समक्ष पु¥याउने समाजको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । विपि बिचार समाज सिन्धुलीका जिल्ला अध्यक्ष प्रेम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले नेपाली काग्रेस नगर समिति दुधौलीको नगर सचिव खुपेन्द्र राज भण्डारीको अध्यक्षतामा २४ सदस्य समाज गठन भएको छ । समाजको सचिवमा भने काग्रेसका  भरत राज काफ्ले मनोनित हुनु भएको छ ।
 समाजले नगरभित्रका १४ वटै वडा बाट सबैको समान प्रतिनिधित्व हुने गरी सदस्य चयन गरेको जनाएको छ । विगत केहि वर्ष देखि समाज गठन भए पनि यसै वर्ष बाट यो समाज सकृय रुपमा अघाडी बढेको हो । हाल सम्म समाज देशको ७० जिल्लामा सकृय छन् भने उक्त जिल्लाका सबै स्थानिय तहमा नगर तथा वडा समाज गठन हुने प्रकृयामा रहेका छन् ।
कार्यक्रममा उपस्थित वक्ताहरुले विपिलाई स्मरण गर्दै विपिको बिचार र मार्ग निर्देशनलाई नेपाली कागं्रेसले सधै अंगाल्दै आएको र आगामि दिनहरुमा पनि यो विचार लाई आत्मासाथ गरे कहिलै पनि अन्य पार्टिहरु भन्दा पछि नपर्ने बताएका थिए ।

 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी