सिन्धुलीमा पनि धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरीदै 

RadioSiddhababa


कात्तिक ६, सिन्धुली – मङ्गलबार कोजाग्रत पुर्णिमा, सिन्धुलीमा पनि धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरीदै छ । 
गत आश्विन २४ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैँ अन्र्तगत मङ्गलबार  महालक्ष्मीको पूजा आराधना गरी बुधबार बिहान विसर्जन गर्ने धार्मिक परम्परा अनुसार दशैँ समापन गरिने चलन छ । 
सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रत पुर्णिमाको रात पृथ्वीको भ्रमण गरी को ? जागा बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पुजा आराधना गरिरहेको छ, उसैलाई आशिर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहि आएको छ । यही विश्वासका कारण मङ्गलबार  राति सिन्धुलीका केही गृहिणीहरु पनि जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दैछन् । 
दशैंको टिका कोजाग्रत पूर्णिमा देखि सम्पन्न हुने भए पनि यस वर्ष बुधबार पनि पुर्णिमा रहेकाले घटनस्थापनाका दिन दशैं घर र कोतहरुमा राखिएको जमरा बुधबार विर्सजन गरिने छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा