उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने

RadioSiddhababa

वैशाख ८ – उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ । 

 

उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ । 

 

परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गएको नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेको थियो । 

 

परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले कडा निन्दा गर्दै उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय समुदायको अपमान गरेको प्रतिक्रिया दिएका थिए  ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले