लागु औषध सहित पक्राउ परेका युवा सार्वजनिक 

RadioSiddhababa


असोज २८, सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अबैध लागु औषध सहित पक्राउ परेका एक जना युवालाई आईतबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवको कार्य कक्षमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै लागु औषध ओसाप्रसारमा संलग्न रहेका सर्लाही हरिपुर्वा नगरपालीका वडा नं ९ घर भई मलंगवा नगरपालीका ७ बस्दै आएका १९ बर्षिय अनिल कुमार बैठालाई सार्वजनिक गरेको हो । बैठालाई प्रहरीले कमलामाई नगरपालीका ६ ट्राफिक चेक पोष्ट अगाडी चेकजाँचका क्रममा असोज २६ गते दिउँसो पक्राउ गरेको थियो ।
पक्राउमा परेका बैठा ओसार प्रसारमा मात्र संलग्नता भएको र यसमा अरुको विशेष संलग्नता रहेकाले उनीहरुको पहिचान भएको र चाडै पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।
नजिकिदै गरेका चाड पर्वको समयमा हुन सक्ने घटनालाई न्युनिकरण गर्ने लक्ष्यका साथ गरिएको चेकजाँचका क्रममा बैठाले सर्लाहीबाट काठमाण्डौमा विक्रिका लागि लैजादै गरेको अवस्थामा बरामद गरिएको यादवको भनाई छ । 
सर्लाहीबाट काठमाण्डौ लागु औषध लिएर वसमा सवार रहेको अवस्थामा बैठाले पिठ्युमा बोकेको झोलामा नोफ्रिन एम्पुल ४ सय, डाइजोपाम एम्पुल ४ सय र फेर्नागन एम्पुल ४ सय थान समेत गरी जम्मा १२ सय थान लागू औषध एम्पुलहरु बरामद गरिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । माथि दुई वटा बिस्कुटका प्याकेट र तल विस्कुटकै साईजमा पत्रिकाले १२ वटा प्याकेट वनाई लागु औषध ओसार प्रसार गरेको पाईएको उहाँले बताउनु भयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ३ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट